नेभिगेशन
अदानचुली

सकडका विषयलाई लिएर वडाध्यक्ष थापा माथि हातपात हुँदा गम्भिर घाइते छ वटा टाका लगाइयो

हुम्लाको अदानचुली गाउँपालिका वडा एकका वडाध्यक्ष माथि हातपात हुँदा शख्त घाइते हुनुका साथै ६ वटा टाका लगाइएको छ । श्रीनगरको थलान्ल मोड देखि कल्ख्या सम्मको सडक अनुगमनमा गएका जनप्रतिनिधिको टोली माथि स्थानीय हात गरेका हुन् ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको अदानचुली गाउँपालिका वडा एकका वडाध्यक्ष थापा सहित गाउँपालिका टोली अनुगमन गएको समयमा एक्कासी वडाध्यक्ष थापा माथि ढुङगाले हानेर गम्भिर घाइते बनानउनुका साथै टाउँको ६ वटा टाका लगाएको बताइएको छ ।

वडाध्यक्ष थापाले प्राविधिकको सर्बे विना श्रीनगरको सडक मनपरी ढंगले काट्न नहुने भन्दै सम्झाउन खोज्दा एक्कासी मान वहादुर थापा, बरुण महतारा,देवी परियार, धन बहादुर परियार र तुलबिर लुवार लगायतले ढुङगा मुडाले हान्दा वडाध्यक्ष थापा सहित तीनजना घाइते भएको अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले जानका्री दिनुभयो । कुटपिटमा संलग्न स्थानीयले आफै भोट दिएर निर्वाचीत गरेका कारण आफुहरुले हातपात गर्न पाउने बताएका छन् ।

वडाध्यक्ष थापा माथि हातपात गर्ने मान वहादुर थापा, बरुण महतारा,देवी परियार, धन बहादुर परियार र तुलबिर लुवारले नियम विपरीत सडक निर्माण गरेको बताइएको छ । वडाध्यक्ष थापाको टाउको, मुख र शरिरमा चोट लाग्नुका साथै गम्भिर घाइते भएको बताइएको छ ।

घाइते हुने वडाध्यक्ष रग थापा, स्थानीय दिपक थापा, र मक्क थापा गरी तीनजनाको अहिले स्थानीय स्वास्थ्यचौकीमा उचार भइरहेको जानकारी प्राप्त भएको छ । सबैभन्दा बढी वडाध्यक्ष थापालाई चोट लाग्नुका साथै उनी गम्भिर घाइते भएका छन् । झडप पछि अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्ष र प्रचण्ड नेपाल पक्षको छुट्टा छुट्टै भेलाई रहेको बताइएको छ । फेरी भडपको सिर्जना हुने सक्ने भएकाले श्रीनगर र गल्फागाड प्रहरी चौकीका गरेर २५ जनाको टोली श्रीगर पुगेको छ भने कल्ख्याको टोली समेत आउन लागेको जानकारी प्राप्त भएको छ ।

यसभन्दा अगाडी साउन २२ गते नेपाली काग्रेस र नेपाल कम्युनिष्ट पटि विच समेत झडप भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अदानचुली
साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...
ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

बैंकसँग सम्बन्धित विभिन्न ४ मागहरु राख्दै एमाले गाउँ कमिटिले पछिल्लो समय सामाजिक सुरक्षा भक्ता बुझ्न जाने सेवाग्राहीले ठूलो लाइनमा बस्नु पर्ने, माग बमोजिम रकम भुक्तानी नहुने समस्यालाई यथासकय...
सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

पहिरोमा परि घाईते हुनेमा अदानचुली गाउँपालिका वडा नं. २ का तुलराज महतारा, युवराज बुढा, घमण्डी थापा र धनसोभा बुढा रहेका छन । वर्षाका कारण थपालीमा सडकमा क्षेती हुदा...