नेभिगेशन
सिमकोट

बजार गस्तीको आँखा छलेर सिमकोटमा चोरीका घट्ना बढे

हुम्लाको सदरमुकाम सिमकोटमा दिनप्रति दिन चोरीका घट्ना बढ्न थालेका छन् ।

सदरमुकाम सिमकोटमा बजार गस्तिको आँखा छलेर दैनिक दिन चोरीभएको गुनासो आउन थालेको छ । सिमकोट माथिल्लो बजारको एकर्पोट देखि बैंक आसपास क्षेत्रमा दैनिक दिन चोरी हुने गरेको यहाँका नागरीकले गुनासो गरेका छन् ।

राती त चोरी हुनेभएपनि विहान र दिउँसोको समयमा समेत चोरी हुने गरेको छ । यस्तै होटल विजयबाट सोमबार विहान एकजना ग्राहकको रु ४१ हजार मुल्य बरारबको मोबाइल फोन चोरी भएको छ । जुम्ला जिल्ला घरभएका राष्ट्रिय समचार समिती सिन्जाका सम्वाददाता उपेन्द्र न्यौपानले होटेलमा चार्जमा राखेको समयमा आफ्नो मोबाइल चोरी भएको बताउनुभयो ।

विहानको समयमा चार्जमा राखिएको समयमा रेडमि टेन प्रो मोबाइल चोरी भएको गुनासो गरेका छन् । आफु प्रेस संगठनको बैठकमा जानको लागी सिमकोट आएको र उक्त होटेलमा चार्जमा राखेको समयमा चोरी भएको बताउनुभयो ।

यस्तै सिमकोट माथिल्लो बजारमा रहेको बैंक नजिकको एकघरबाट रु १८ हजार नगद चोरी भएको कालि बहादुर बोहराले बताउनुभयो । घरमा कोही नभएको मौका छोपेर रातीको समयमा चोरलेघरको ताला समेत फोडर रु १८ हजार नगद सहित अन्य सामान समेत चोरी गरेको बोहराले बताउनुभयो ।

यस क्षेत्रमा दैनिक दिन लत्ता,कपडा,जुत्ता लगायतका सामग्री चोरी हुने गरेको छ । सुरक्षा गस्तिले रातीको समयमा बजार गस्ती गरेको भनेपनि दिउँको समयमा अत्याधिक चोरी हुने गरेको छ ।

दिउँदको समयमा एसइई परीक्षा दिनको लागी विभिन्न गाउँबाट विद्यार्थी सदरमुकाम सिमकोटमा टिउसन पढ्न आउने र यो समयमा बढी चोरीका घट्ना हुने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्