जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा दुई दिने जलवायु परिवर्तन सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ । सर्केगाड गाउँपालिकाको समन्वयमा, किर्डाक नेपालको सहजिकरण, शिशुको आर्थिक सहयोग, मिसन इष्टको प्राविधिक सहयोगमा र महिला कल्याण सेवाको साझेदारीमा दुई दिने जलवायु परिर्वतनको नीति तथा कार्यक्रम सम्बन्धि जानकारी गराइएको छ ।
गाउँपालिका अध्यक्ष, कार्यपालिका सदस्यहरु, बिषयगत शाखाका प्रमूख, वडा सचिव, खरिदार लगायत लागी जलवायु परिवर्तनका नीति यसले पारेको असर तथा रोकथामका विषयमा जानकारी गराइएको किर्डा नेपाल हुम्लाका संयोजक मनलाल जैसिले जानकारी दिनुभयो ।
सहभागितामूलक तरिकाले कार्य योजना बनाएर गाउँपालिका तथा प्रत्येक वडाले कार्यान्वन गर्ने गरि प्रत्येक सहभगिले प्रतिबद्धता सहित हस्ताक्षर गरेका छन ।
समापन कार्यक्रममा वडा सातका वडाध्यक्ष कृष्णप्रसाद जोशीले जलवायु परिवर्तन सम्बन्धिको जानकारी यहाँका जनप्रतिनिधिले पहिलो पटक पाएका हुन् । यस्तो महत्वपूर्ण तालिम जन प्रतिनिधिले शुरुमै पाएको भए धेरै फाइदाजनक हुने थियो । आगामी दिनमा यस्लाइ पूर्ण रूपमा व्यवहारमा उतार्ने र कार्य योजानालाइ कार्यान्वयन गर्ने समेत वडाध्यक्ष जैसिको भनाइ छ ।
गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले, जनप्रतिनिधि र सिङ्गो कार्यपालिका लगायत बिषयगत शाखाका प्रमुखलाइ जल वायु परिवर्तनका नीति तथा कर्यक्रम, स्थानिय योजना तर्जुमा जस्तो अति महत्वपूर्ण विषयमा तालिमको आयोजना गरेकोमा किर्डाक नेपाल लगायत, महिला कल्याण सेवा, मिसन इष्टलाई धन्य्वाद दिए ।
यो तालिमले पक्कै पनि गाउँपालिकाको आबाधिक योजना, जलवायु सम्बन्धिका नीति तथा कार्य विधि बनाउन सहज बनाउनको साथै समावेसी योजना तर्जुमा गर्न समेत ठूलो सहयोग पुग्ने आसा लिएको गाउँपालिका अध्यक्षको भनाइ थियो । जल वायु वरिवर्तन सम्बन्धिको दुई दिने तालिमले गर्दा गाउँपालिकाको दक्ष टिम बनेको बताउनुभयो ।
यसले अगामी दिनमा बन्ने योजनाहरु गाउँस्तरबाट नै नै समावेशी र आवश्यकतामा आधारित योजना छ्नौट भएर आउने विश्वास वयक्त गर्नुभयो ।