नेभिगेशन
राष्ट्रिय

दुई दिनदेखि हवाई उडान प्रभावित

हुम्लामा दुई दिन देखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीको कारण बुधवार देखी हुम्लाको हवाई यातयात प्रभावित भएको छ ।

बुधबार विहानैबाट हुस्सुले नेपालगञ्ज नखुल्नु र सुर्खेतमा हुम्ला उडान भर्ने हवाई जहाज नभएको कारण हुम्लाको हवाई सेवा प्रभावित भएको हो ।
बुधबार नेपालगञ्जमा बाक्लो हुस्सु र विहिबार सिमकोटमा विहानबाटै हवाहुरी चलेका कारण दुई दिन देखि हवाई सेवा प्रभावित भएको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका प्रमुख बिष्णु प्रसाद अधिकारीले बताए ।

प्रत्येक दिन बिहान साढे छ बजेदेखि सात बजेभित्र सिमकोट विमान स्थलमा हवाई जहाजहरुले अवतरण गर्ने भएको भएपनि तराईमा चलेका शीत लहर र हुम्लामा चलेको हावाहुरीकै कारण कुनै पनि जहाजले सिमकोटमा उडान नगरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।

विहिबार नेपालञ्जको मौसम सफा भएपनि सिमकोटमा विहानै नियमीत चलेको हावाहुरीले हवाई उडान प्रभावित भएको हो ।

सुर्खेतमा मौसम सफा भएपनि जहाज नभएको कारण उडान हुन नसकेको हो । नेपालगञ्ज र सुर्खेतबाट सीता, समिट, तारा र नेपाल एयरलाईन्सले हुम्लाका लागि उडान भर्ने गर्छन् ।

हुस्सु र हावाहुरीका उडान नहुदा नेपालगञ्ज र सुर्खेतबाट आउने यात्रु मर्कामा परेका छन् भने सिमकोटबाट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रुहरु पनि सिमकोटमै रोकिएका छन् ।

त्यसै गरि खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमीटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।