नेभिगेशन
राष्ट्रिय

निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो

जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदाता नामावली अद्यावधिक (दाबीविरोध समेत) विषयसँग सम्बन्धित रहेर जिल्लास्थित सबै राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लामा बसेको बैठकले मतदानमा सहज, सरल तथा निर्वाचनमैत्री बनाउन स्थानीय तहबाट आएका सर्वसम्मतिको सुझावलाई ग्रहण गरी सोहीअनुसारको मतदान केन्द्र वा मतदानस्थल तोक्ने भएको छ । आगामी वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने घोषणाअनुसार जिल्ला निर्वाचन कार्यालय हुम्ला पनि आवश्यक तयारीमा जुटेको छ ।

मतदाता दाबी विरोधका लागि माघ १५ देखि फागुन २१ गतेसम्मका लागि समय अवधि तोकिएको छ । सहायक नाम तर्दा अधिकारीको कार्यालय शुक्रबार तथा सार्वजनिक विदाका दिनमा समेत विहान दश बजे देखि बेलुकी पाँच बजे सम्मका लागी खुला रहने भएको छ ।

निर्वाचन कार्यालय हुम्लाले ७ वटै पालिकामा सहायक नामदर्ता अधिकारी तोकेको छ भने दोहोरो मतदाताको नाम भएमा सहायक नामदर्ता अधिकारी स्वयंले जाँचबुझ गरी नाम हटाउने सम्बन्धमा निर्णय गर्ने, सहायक नामदर्ता अधिकारीले मतदाता नामावली अद्यावधिक कार्यक्रममा प्रयोग भएका सबै कागजात तथा सामग्री प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा बुझाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिनुभयो ।

उहाँले नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने सम्बन्धमा सहायक नामदर्ता अधिकारीले आवश्यक छानबिन गरी नाम हटाउनका लागि प्रमुख नामदर्ता अधिकारीसमक्ष पेश गर्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीले निर्वाचनमा आम मतदातालाई निर्वाचन स्थल वा केन्द्रसम्म जान सहज हुने किसिमको सुझावलाई ग्रहण गर्ने भन्दै निर्वाचनलाई निस्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन सबैको सहयोगको अपेक्षा गर्नुभयो । प्रमुख जिल्ला अधिकारी गिरीले राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिबाट आउने सुझावलाई परिमार्जन गरेर मतदान केन्द्र र मतदानस्थलको निर्धारण गर्दा निर्वाचनप्रतिको विश्वास बढ्ने बताउनुभयो ।

प्रत्येक गाउँपालिकाबाट कर्मचारी आइसकेका छन् । उनीहरूलाई माघ ११ गते तालीम हुन्छ, फागुन २ गतेदेखि ७ गतेभित्र मतदाताको नामावाली आइपुग्ने जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । नाम्खा गाउँपालिका ११ वटा मतदान केन्द्र सिमकोटमा आठवटा, खार्पुनाथमा पाँचवटा सर्केगार्डमा ११ वटा, चङ्खेली गाउँपालिका सातवटा अदानचुलीमा छ वटा र ताजाँकोट गाउँपालिकामा छ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । जिल्लामा २८ हजार ७५४ मतदाता रहेका छन् । जिल्लाका सात गाउँपालिकाका ४४ वटा वडामा रहेको हुम्लामा ५२ वटा मतदान केन्द्र छन् । हुम्ला जिल्ला निर्वाचन कार्यालयमा १३ दल दर्ता भए पनि हालसम्म पाँच दलमात्रै सक्रिय देखिएका छन् । विसं २०७४ को निर्वाचनमा १३ वटा पार्टी दर्ता भए पनि हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी, राप्रपा नेपाल र मजदूर किसान पार्टी सक्रिय रहेका छन् ।

आजै भएको अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यबाह अध्यक्ष कमल बोहरा, नेपाली कांग्रेस हुम्लाका उपसभापति कैलाश भण्डारी, जनता समाज पार्टी नेपालका केन्द्रिय सदस्य विरजन शाही, राप्रपाका निर्वाचन ख का अध्यक्ष नैनासिंह रावत, नयाँ भैरवी दल गुल्मका सेनानी प्रजाजु बस्नेृत लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।