नेभिगेशन
ताँजकोट

ताँजाकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न

हुम्लाको तल्लो क्षेत्रमा रहेको ताजँकोट गाउँपालिकाको हिउँदे गाउँ सभा सम्पन्न भएको छ । ताजँकोट गाउँपालिकाको सभाहलमा गाउँपलिकाका अध्यक्ष बागदल मल्लको अध्यक्षतामा आठौ गाउँ सभा सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत लाल प्रशाद ढकालले जानकारी दिए ।

अधिकृत ढकालले भन्नुभयो, “शनिवार सम्मपन्न भएको आठौ गाउँ सभाले ऐन कानुन बनाउन र पास गर्नु पर्ने, केही नभएकाले प्रदेश सरकारसँग समपुरक र बिशेष अनुदानहरु माग गर्ने, र विभिन्न निकायहरुसँग योजनाहरु माग गर्ने निर्णय भएको छ” ।

यसअघिको सातौ गाउँसभाले कोभिड १९ को लागि रु एक करोड रकम विनियोजन गरेकोमा उक्त रकमलाई स्थानीयको आवश्यकताको आधारमा विनियोजन गर्ने निर्णय भएको अधिकृत ढकालले बताए ।

कोरोना भाईरस कोभिड १९ सँग लड्नको लागि रु एक करोड रुपैया विनियोजन गरे पनि हाल त्यसमा खर्च गर्न उपयुक्त नदेखीएकाले उक्त रकमलाई अन्य योजनाहरुमा विनियोजन गर्नको लागि बाटो खुलाभएको छ ।

यस वर्षको वर्षाले विभिन्न बाटोघाटो पानी पँधेराहरुमा स्थानीय आवश्यकता हेरी बजेट विनियोजन गर्ने निर्णय सहित हिउँदे गाउँ सभा सम्पन्न भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप ताँजकोट
पुर्वमुख्यमन्त्री शाहीलाई हुम्लाको ताँजकोटमा २५ किलोको माला

पुर्वमुख्यमन्त्री शाहीलाई हुम्लाको ताँजकोटमा २५ किलोको माला

कर्णाली प्रदेस सरकाको मुख्य मन्त्री हुँदै गर्दा ताजाँकोट गाउँपालिकाको विकासका लागि महत्वपुर्ण योगदान गरेको भन्दै उहाँलाई २५ किलोको माला सहित च्याँग्राको रौँ बाट बनेको राडी (पाखी)ले सम्मान गरेको...
यस्तो छ, ताँजाकोट गाउँपालिकाको ३८ करोडको बजेट

यस्तो छ, ताँजाकोट गाउँपालिकाको ३८ करोडको बजेट

संघीय वित्तियसमान्निकरण अनुदान ६ करोड १९ लाख, संघीय शर्सत अनुदान १४ करोड ९१ लाख ९१ हार, संघीय विषेश अनुदान १ करोड ५० लाख र संघीय राजस्व बाँडफाडमा ५...