नेभिगेशन
राष्ट्रिय

रु साढे दश लाख बराबरको चिनीया मदिरा बरामद गरी नष्ट

हिमाली जिल्ला हुम्लामा नेपाल प्रहरीले ठुलो परिणामको चिनीया मदिरा (झिनीगिन्टी) बरामद गरेर नष्ट गरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिकामा रहेको खार्पु प्रहरी चौकीले राती तीन बजेको समयमा गाउँभित्रदै गरेको एक सय दश कार्टुन बरामद गरेको हो ।

व्यापारिक परियोजनका लागि गाउँ ल्याइएको अवैध ठूलो परिणामको चिनायाँ मदिरा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सूर्यप्रकास सुवेदीले जानकारी दिए । एक कार्टुनमा १२ बोतल हुनेभएकाले एक सय दश कार्टुनमा एक हजार तीय बोतल राती बरामद गरेर सोमबार विहान जनप्रतिनिधि, आफु सहित अन्य प्रहरी लगायतको रोबहरमा नष्ट गरीएको प्रहरी नायव उपरिक्षक सुवेदीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले भने, ‘आफु जिल्ला प्रहरी कार्यालय सिमकोटबाट गएर खार्पु प्रहरीचौकीले नियन्त्रणमा लिएको चिनीया मदिरा (झिनीगिन्टी) सबैको रोबहरमा प्रहरीचौकी नजिक नै नष्ट गरीएको छ’ ।

एक बोतल चिनीया मदिराको हुम्लामा रु आठ सयमा विक्री हुनेभएकाले एक हजार तीन सय बोतलको रु दश लाख चालीस हजार मुल्य बराबरको ठूलो परिणामको मदिरा बरामद भएर नष्ट गरीएको हो ।

झिनिगिन्टी नामक उक्त मदिरा केही समय पहिला हुम्ला ल्याइएर लुकाइएको थियो । ‘मदिरा पहिले नै ल्याइएर लुकाइ राखिएको रहेछ,’ उनले भने, ‘अहिले व्यापारिक परियोजनाका लागि व्यवसायीसम्म पुर्याउँदै गर्दा थाहा भयो ।’ यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल र चीनको सिमानाका बन्द भएपनि लुकिछिपी गाउँघरमा चिनीय मदिरा पाइने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।