नेभिगेशन
राष्ट्रिय

हुम्लामा पहिलो खोप जिल्ला अस्पतालका डाक्टर लामा सहित २९ जना स्वास्थ्यकर्मीले लगाए

हुम्लामा कोभिड –१९ विरुद्धको ‘कोभिशिल्ड’को पहिलो खोप जिल्ला अस्पतालका डाक्टर टसि आङ्जुक लामाले लगाएर शुभारम्ब गरेका छन् । आज पहिलो दिन डाक्टर लामा सहित २९ जना स्वास्थ्यकर्मीले खोप लगाएका छन् । सरकारले पहिलो चरणमा कोरोना खोप स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी लगायत कोभिड १९ महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिएकाहरुलाई लगाउने निर्णय गरेपछि हुम्लामा पहिलो खोप डाक्टर लामा र अर्का डाक्टर नविन रोकाया सहित अन्य स्वास्थ्यकर्मीले लगाएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

खोप लिएपछि डाक्टर लामाले संसारलाई हायलकायल बनाएको कोरोनाविरुद्धको खोपको प्रतीक्षामा सबै स्वास्थ्यकर्मी रहेकामा महामारी शुरु भएको एक वर्षभित्रमा खोप प्राप्त भएपछि सरकारप्रति सकारात्मक सन्देश जाने विश्वास आफूले लिएको बताए । ‘भ्याक्सिन लगाएपछि केही अप्ठ्यारो अनुभव भएको छैन, कोभिड–१९ विरुद्धको अभियानमा सबैभन्दा अत्यावश्यक भ्याक्सिन पाएपछि हामी सबै स्वास्थ्यकर्मी उत्साहित भएका छौँ ।

आज उद्घाटनमा पहिलो दिन २९ जना स्वास्थ्यकर्मीले खोप लगाएका छन् भने भोलीबाट समयानुकुल मिलाएर सातवटै गाउँपालिकाका कर्मचारीलाई समेत लगाइने भएको जनाइएको छ । यस्तै आज लगाउन बाँकी रहेका जिल्ला स्वास्थ्य सेवा कार्यालयका कर्मचारी र जिल्ला अस्पतालका कर्मचारीलाई भोलीबाट लगाउन शुरु गरीने भएको लामाले बताए ।

हुम्लामा स्वास्थ्यकर्मी बाहेक अन्यलाई खोप लगाउँदा अवान्छित घट्ना हुन सक्ने र साइड इफेक्ट भएर समस्या निम्तीयो भने ग्रामिण बस्तिहरुमा यस सम्बन्धिका विज्ञ डाक्टरहरु नहुँदा सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पताल हुम्लालाई नै खोप केन्द्र बनाएर लगाइने भएको छ । कर्णाली प्रदेश सरकारले हुम्लाका लागी करीब एक हजार नौ सय कोडिशिल्ड खोप उपलब्ध गराएको छ ।

हुम्लामा जिल्ला अस्पताललाई एक मात्र खोप केन्द्र बनाइएको र पहिलो चरणमा सम्पूर्ण सरकारी, गैरसरकारी, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी गरी एक हजार नौ सय जनालाई खोप दिइने भएको डाक्टर लामाले जानकारी दिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।