नेभिगेशन
राष्ट्रिय

हुम्लाका तीनवटा गाउँपालिकामा विद्यालय खुले

हुम्लाका तीनवटा गाउँपालिकामा रहेका विद्यालयमा आजबाट पठनपाठन शुरु भएको छ । कोरोना संक्रमणको त्रासले झण्डै दश महिना देखि बन्द रहेको यहाँका तीनवटा गाउँपालिकाका ७७ वटा विद्यालय आजबाट खुलेका छन् । जिल्लाको सिमकोट, ताँजाकोट, र सर्केगाड गाउँपालिकामा रहेका ७७ विद्यालय सञ्चालनमा आएका हुन् ।

लामो समयदेखि कोरोनाका कारण बन्द भएता पनि यतिखेर भने बन्दाबन्दी खुकुलो भएको र कोरोना संक्रमणको त्रास पनि न्यून हुदै गएपछि तीनवटा गाउँपालिका अन्तरगर्तका निजी तथा सामुदायिक विद्यालय आजबाट सञ्चालनमा आएका हुन् ।

सिमकोट गाउँपालिकामा रहेका निजी तथा सामुादायिक गरेर २८ वटा विद्यालय सञ्चालनमा आएको गाउँपालिकाले जानकारी दिएको छ ।

झण्डै दश महिना पछि विद्यालयमा विद्यार्थीको उत्साहजन उपस्थित रहेको मानसरोवर माध्यामिक विद्यालयका प्रचार्य अमर बहादुर शाहीले जानकारी दिए ।

यसअघि गाउँपालिकाले विद्यालय शुचारु गर्ने निर्णय गरेपछि आजबाछ विद्यालय सञ्चालनमा आएर विद्यार्थीको उपस्थिती उल्लेखनी रहेको प्रचार्य शाहीले बताए ।

आज पहिलो दिन तीनवटै गाउँपालिकामा रहेका विद्यालयमा पढाई शुरु भएकै दिन असी भन्द बढी प्रतिशत विधार्थीको भौतिक उपस्थिती रहेको पाइएको छ । कोरोना संक्रमणको सुरक्षाका लागि विधार्थी तथा शिक्षकका लागि अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने व्यवस्था सम्बन्धित विद्यालयले गरेका छन् ।

त्यसै गरि जिल्लाको मध्य क्षेत्रको सर्केगाड गाउँपालिकाका ३२ वटा बिद्यालयमा पठन पाठन एक साथ शुरु भएको गाउँपालिका श्रोतले जानकारी दिएको छ ।

नयाँ शैक्षिक सत्र शुरु हुन लागेका बेला पठन पाठन शुरु भएको हुँदा विद्यार्थीको उपस्थित सन्तोषजनक रहेको छ ।

त्यसैगरी ताँजाकोट गाउँपालिकाका १७ वटा विद्यालयमा पठन पाठन शुरु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालले बताउनुभयो । विधार्थी र शिक्षकले कोरोना संक्रमण विरुद्धका सामाग्री प्रयोग गरेर विद्यालय सञ्चालनमा आएका उनले बताए ।

फागुन २ गतेबाट हुम्ला जिल्लाका विद्यालयमा नयाँ शैक्षिक सत्र शुरु हुनु पर्नेमा कोरोनाको कारण भरखर पढाई शुरु भएकाले पठन पाठनलाई तिब्रता दिने विद्यालयले जनाएका छन्।

शुक्रवार समेत पुरा दिन पढाई सञ्चालन गर्ने विदालयले जनाएका छन् । पठन पाठन शुरु भएका अधिकाँस विद्यालयका शिक्षकहरु विद्यालयमा पुगि सकेको र केही नआएको भएपनि सम्पर्कमा आई सकेको जनाइएको छ ।

यसअघि पुस १५ गतेबाट अदानचुली गाँउपालिकामा रहेका विद्यालयमा पठन पाठन शुरु भई रहेको छ भने अब तीन वटा गाउँपालिका नाम्खा, खार्पुनाथ र चंखेलीमा पनि चाँडै पठन पाठन शुरु गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएका छन् । हुम्लाका विद्यालयमा पहिलो पटक पुस माघ महिनामा पठन पाठन सुरु भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।