नेभिगेशन
राष्ट्रिय

कुखुरामा फैलिएको रोग पुष्टि भएपछि ५ हजार भ्याक्सिन सिमकोट आईपुग्यो ।

खार्पुनाथ गाउँपालिका वडा नम्वर २ को थाली गाउँका कुखुरामा लागेको रोग पुष्टि भएकोे छ । गाउँमा फैलिएको रोगबाट हालसम्म पनि नियमित कुखुराहरु मर्न थालेपछि बचेका कुखुराका लागि आज भ्याक्सिन उपलव्ध गरिएको छ ।

केही दिन अगाडी मात्रै थाली गाउँमा कुखुरा मर्न थालेको भन्दै स्थानीयद्धारा भिभिन्न सञ्चार मिडियामा समचार प्रशारण गरे लगतै सम्वन्धित कार्यालयहरु भ्यासिनको खोजिमा लागेका थिए ।


गाउँमा फैलिएको रोगका बारेमा जानकारी पाउँन र पोष्ट मार्टमका लागि जिल्ला पशु सेवा कार्यालय हुम्लाले माघ १२ गते मरेको कुखुरा पशु रोग अन्वेषण प्रयोगशाला विरेन्द्रनगर सुर्खेतमा पठाएपछि उक्त कार्यालयले रानीखेत रोग पुष्टि भएको पशु विकास कार्यालयका सुचना अधिकारी कृष्ण रोकायाले बताए ।


रोकायाका अनुसार कुखुरामा फैलिएको रानीखेत रोगकको उपचारका लागि भ्याक्सिन समेत लिएर अवको केही दिनमा आफ्नो टोलि गाउँतर्फ लाग्ने भएको छ । सो रोगका लागि सुर्खेतबाट आज ५ हजार डोज भ्याक्सिन जिल्लामा पुगेको अधिकारी रोकायाको भनाई छ ।


थाली गाउँमा दैनिक दिन कम्तिमा १५ देखि २० वटा जती कुखुरा मर्ने गरेको स्थानीयले बताउने गरेका छन् । सो रोग हालसम्म पनि नियन्त्रणमा आएको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।