नेभिगेशन
राष्ट्रिय

सहुलियतमा आएको चामल घरेलु मदिरामा प्रयोग हुँदै

सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लामा आएको सहुलियतको चामल घरेलु मदिरा बनाउनमा प्रयोग भएको छ । हुम्ला जिललाका अधिकांस गाउँहरुका स्थानीय नागरिकलाई आफ्नै जग्गा जमिनबाट तीन महिना समेत खाना नपुग्ने भए पनि सदरमुकाम सिमकोटमा भने घरेलु मदिरा बनाउने र विक्रि गर्नेको संख्यामा उल्लेखनिय छ ।

 

पछिललो समय हुम्लामा अतिरिक्त अम्दानीको रुपमा पुग्दै गरेको चामल मदिराको मुख्य स्रोत बन्दै गएको छ । उक्त चामलबाट अवैध घरेलु मदिरा बनउँदा प्रति क्वीन्टलको करीव ३० देखि ४० हजार सम्म आम्दानी हुने गरेको पाइएको छ । केही समय पहिले बजारोन्मुख सिमकोट क्षेत्रमा स्थानीयहरुले पटक पटक अवैध घरेलु मदिरा नियन्त्रण गर्न गराउनका लागि विभिन्न प्रकारका आन्दोलन गरे पनि त्यसको सुनुवाई समेत भएको छैन ।


हुम्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले महंगो भाडा तिरेर ल्याएको सहुलियतको चामललाई स्थानीयले छाक टार्ने बाहानामा किने पनि बास्तवमा अवैध रुपमा मदिरा बनाएर दुरुपयोग गरेको देखिएको छ । त्यस्तै सदरमुकाम आसपासका गाउँ र बजार क्षेत्रमा सरकारले ढुवानी अनुदानमा महंगो भाडा तिरेर आएको चामल अवैध घरेलु मदिराका लागि मुख्य स्रोत बनेको खवर बाहिरिएको छ ।

चामललाई तीन चार पटक विभिन्न प्रकारका घरेलु तथा अन्य उत्प्रेरक वस्तुहरु हालेर रक्सी बनाउने गरेको देखाएको छ । हुम्लामा अवैध मदिरा बनाउँनेको संख्या भने तिव्र रुपमा चलेको छ । सो कार्यलाई सम्वन्धिित निकायले समयमै नियन्त्रणमा दिनु पर्ने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।