नेभिगेशन
राष्ट्रिय

औषधि उपचार गर्न व्यक्तिगत खर्च गर्नु पर्ने कैदिबन्दीको गुनासो

हुम्ला जिल्ला कारागारमा रहेका कैदिवन्दीहरुले व्यक्तिगत रुपमा औषधि उपचार गर्नु परेको गुनासो गरेका छन् । जिल्ला कारागार हुम्लामा रहेका कैदी वन्दीहरुका लागि यतिखेर कुनै सेवा सुविधा नपाएको भन्दै दुःख व्यक्त गर्न थालेका छन् ।


सर्केगाड गाउँपालिका–६ का धनलाल रोकायालाई जिल्ला अदालतबाट ०७७ मङ्सिर १८ गते ६ वर्ष कैद र २ लाख रूपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । तर फैसला भएको करीव २ महिना वितिसक्दा पनि आफुलाई हाल सम्म कारागार स्तान्त्रण नगरेको रोकायाले गुनासो गरे । उनले भने जिल्ला कारागारको भवन अभावमा प्रहरीको हिरसतमा बस्नु परेको छ ।


औषधि उपचारका लागि पनि आफैले आर्थिक खर्च गर्नु पर्ने, खेल्न व्यवस्था, सरसफाई देखि अन्य सेवा सुबिधाहरु उपभोग गर्न समेत नपाएको रोकायाको भनाई छ । कारागारको भवन नहुँदा जिल्ला प्रहरी कार्यालयमा हिरासतको लागि बनाइएका दुईवटा कोठामा सिमित भएर बस्नुपरेको कैदिबन्दीकोहरुको गुनासो छ ।

उक्त क्षत्रमा ‘बसाइका हिसाबले हामीलाई सुधार गृह नभएर यातना गृह जस्तै महसुस भएको छ । ‘उनले भने ’ । साँघुरो ठाउँमा बस्नुपरेकाले आपसमा सरूवा रोगको डरत्रासमा बस्नु परेको छ । हाल हिरासतमा विभिन्न मुद्दामा फैसला भएका ६ जना कैदी र ५ जना पुर्पक्षमा रहेका गरि जम्मा ११ जना कैदिवन्दी रहेका छन् ।


यसैका बारेमा जिल्ला कारागारका प्रमुख डवले रावतलाई बुझ्दा कारागार स्तान्त्रणका लागि माघ ११ गते आइतबारका दिन केन्द्रीय विभागमा पत्र गरि सकिएको बताए । विभागबाट परिपत्र आए लगतैै हुम्लाको कारागारमा रहेको ६ जना कैदिहरु जिल्ला बाहिर तुरुन्तै स्तान्त्रण हुने भएको निमित्त जेलर रावतको भनाई रहेको छ ।

उनले थपे कैदिबन्दीले आफ्नै खर्चमा औषधि उपचार गरेको भए पनि कारागारले सो रकम एकलौटि चौमासिक रुपमा भूक्तानी गर्ने गरेकोे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।