नेभिगेशन
राष्ट्रिय

हुम्लामा चार दिनमा ८९ जनाले लगाए कोभिशिल्ड खोप

भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको कोभिड १९ विरुद्धको कोभिडशिल्ड खोप हुम्लामा चार दिनको अवधीमा ८९ जनाले लगाएका छन् । माघ १४ गतेबाट नेपाल सरकारले देशभमर एकसाथ कोरोना विरुद्धको खोप लगाउने कार्य शुरु गरेसँगै हुम्लामा पहिलो दिन २९ जना, दोस्रो दिन दश जना, तेस्रो दिन २० जना र आइतबार चौथो दिन ३० जनाले खोप लगाएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । कोरोना महामारीको समयमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, स्वयम सेविकाले पहिलो चरणको खोप लगाइरहेको बताइएको छ ।

जिल्लामा आइपुगेको उक्त खोप पहिलो चरणमा स्वास्थ्य सेवा कार्यालय अन्तर्गतका सबै चिकित्सक तथा स्वास्थ्यकर्मी र सम्वन्धित कर्मचारीलाई लगाउनुका साथै सम्पर्कमा आएका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी तथा स्वयम सेविकालाई लगाउन कार्य भहिरहेको बताइएको छ । हुम्लामा प्रदेशबाट १ सय ७३ भाईल खोप आएको र यसबाट एक हजार सात सय डोज भ्याक्सिन दिन सकिने जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ । स्वास्थ्य सेवा कार्यालय र सात वटै गाउँपालिका गरि ३२० जना चिकीत्सक तथा स्वास्थ्यकर्मी र २४४ जना स्वास्थ्य स्वयम सेविका गरि ५६४ जनालाई पहिलो चरणमा खोप दिइने भएको छ ।

भ्याक्सिनलाई मौज्दात गर्न समस्या भएको कारण हुम्ला जिल्लामा एकवटा मात्र खोप केन्द्र निर्धारण गरिएको छ । जिल्लामा पुगेको खोप अनुसार स्वास्थ्यकर्मी कोभिड भ्याक्सिन लगाउन उपस्थित नभएको बताइएको छ । भौगोली विकटताका कारण समयमैखोप लगाउन नसकिएको हो । पहिलो खोप चिकित्सक टसी आङ्जु लामाले लगाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।