नेभिगेशन
राष्ट्रिय

हुम्लामा पनि मनाइयो ६८ औं कुष्ठ रोग दिवस


जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले आज ६८ औं कुष्ठ रोग दिवस मनाएको छ । विश्वभर १९५४ बाट मनाउन थालिएको यो दिवस पछिल्लो समय हुम्लामा समेत मनाउन थालिएको हो । आजै कुष्ठ रोग दिवसका अवसरमा जिल्लाका स्वाव्स्थयकर्मी, सरोकारवाला निकाय सँग कुष्ठरोगको निवारण, न्यूनीकरण तथा प्रभावितप्रति हुने भेदभाव लगायतका विषयमा रहेर छलफल गरीएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ ।
यो दिवसको सम्बन्ध जनवरी महिनाको अन्तिम आइतबारसँग जोडिएको छ । किनकि त्यही दिन अहिंसावादी महामानव महात्मा गान्धीको मृत्यु भएको थियो ।

यस वर्ष विश्व कुष्ठरोग दिवसको नारा, कोरोना महामारीमा हाम्रो संयन्ता, कुष्ठ रोग व्यवस्थपनमा सक्रियिता भन्ने रहेको छ । नेपालबाट पनि कुष्ठरोग निवारणको घोषणा गरिएको भए पनि निवारणको स्थितिबाट थप न्यूनीकरणतर्फ उन्मुख हुनु तथा कुष्ठरोगको कारण अपांगता, असहाय तथा विपन्न भएकालाई समुचित व्यवस्थापन गर्दै जानु अहिलेको चुनौती हो ।

कुष्ठरोग बहुऔषधी उपचार विधिबाट निको हुने रोग भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका कोल्चेन अशिस्टेन मान बहादुर रोकायाले जानकारी दिए । यसको नियन्त्रण र उल्मूलनतर्फ स्वास्थ्यकर्मी, यससग सम्बद्ध संघसंस्था, समाजसेवी क्रियाशील रहदै आए पनि लक्ष्यमा पुग्न अझै धेरै गर्न बाकी रहेको अशिस्टेन रोकायले बताए । त्यसैले यस रोगलाई हेलचक्राईंको रूपमा नहेरी कार्यक्रम विस्तार गर्दै थप प्रतिफलउन्मुख बनाउन जरुरी रहेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।