नेभिगेशन
अदानचुली

वर्षा नहुँदा गहुँबाली सुक्दै भोकमारीको चिन्तामा

हिमाली जिल्ला हुम्लामा समयमै वर्षा नहुँदा यो वर्ष यहाँका किसानलाई भोकमारीको चिन्ता बढेको छ । मंसिर महिनादेखि वर्षा नहुँदा हुम्लामा आकाशे पानीको भरमा खेती गर्ने स्थानमा भोकमारीको सम्भावना देखिएको हो । यो वर्ष अहिलेसम्म वर्षा भएको छैन १० मुरी गहुँ फल्ने जमिन छरेको गहुँ, जौ उम्रेको छैन । यसपालि त भोकमरी हुन्छकि भन्ने चिन्ता लागिसक्यो भनेर’ अदानचुली गाउँपालिकाका स्थानीय किसानहरुले गुनासो गर्दै आएका छन् ।

यता जहिले वर्षा होला र खेत जोतेर गहुँ छरौला सोचेर केही कृशकहरु अन्योलमा परेका छन । वर्षा नहुँदा खेतसमेत बाँझै रहेको र केही खेतमा गहुँ लगाएको भए पनि गहुँ सुक्दै गएको बताएका छन ।

यस वर्ष गहुँ बाली लगायत अन्य बालीहरु पानी नपर्दा सुक्दै गएपछि आफूहरु चिन्तित बनेको बताउदै आएका छन । गहुँ जहु उवा लगाएको ठाउँमा उम्रिएको छैन, उम्रेको पनि सिँचाइको व्यवस्ता नहुँदा सुकेर गएको स्थानिय कृषकहरुको भनाई रहेको छ ।

जिल्लाको अदानचुली गाउँपालिकामा अथाह जमिनमा गहुँबाली उत्पादन हुन गरो रहेको जनाईएको छ । अदानचुली गाउँपालिकाका कृषक अर्जुन बुढाले भने, “अघिल्ला वर्षहरूमा यतिबेला खेतबारी हराभरा देखिन्थ्यो तर यो वर्ष भने समयमै पानी नपरेकाले जताततै खेतबारी उजाड देखिन्छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण भारत गएर ज्याला मजदुरी गरि खानेहरू पनि गाउँघरमा फर्किए र गाउँघरमै खेती किसानी गर्न थाले तर समयमै पानी परेन गरि खाने वर्गका लागि अहिले धेरै ठूलो संकट परेको स्थानीय बुढाले बताए ।

खेतबारीमा हेर्ने हो भने पूरै खेतबारी सुक्खा रहेको उनको भनाई छ । साथै हिमाली जिल्ला हुम्लामा अरू जिल्लाभन्दा बाँझो जमिन छोड्ने प्रचलन कम रहेको छ र यस क्षेत्रका नागरिकहरु खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भरमा पर्नु पर्ने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अदानचुली
साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...
ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

बैंकसँग सम्बन्धित विभिन्न ४ मागहरु राख्दै एमाले गाउँ कमिटिले पछिल्लो समय सामाजिक सुरक्षा भक्ता बुझ्न जाने सेवाग्राहीले ठूलो लाइनमा बस्नु पर्ने, माग बमोजिम रकम भुक्तानी नहुने समस्यालाई यथासकय...
सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

पहिरोमा परि घाईते हुनेमा अदानचुली गाउँपालिका वडा नं. २ का तुलराज महतारा, युवराज बुढा, घमण्डी थापा र धनसोभा बुढा रहेका छन । वर्षाका कारण थपालीमा सडकमा क्षेती हुदा...