नेभिगेशन
राष्ट्रिय

दुई गाउँपालिकामा कार्यरत ६२ जना स्वास्थयकर्मीलाई कोरोना खोप

हुम्लाको तल्लो क्षेत्रमा रहेको दुईवटा गाउँपालिकामा दुई दिनको अवधिमा ६२ जना स्वास्थ्यकर्मी तथा स्वयम सेविकालाई कोरोना विरुद्धको पहिलो कोभिशिल्ड खोप लगाइएको छ । जिल्ला अस्पताल सिमकोटबाट ल्याप अशिस्टेसन भक्ति फडेराको टोलीले सोमबार तााजाकोट गाउँपालिकामा कार्यरत रहेका ३० स्वास्थ्यकर्मी, महिला स्वयम सेविकालाई कोरोना खोप लगाएको जानकारी प्राप्त भएको छ ।

यस्तै आज अदानचुली गाउँपालिकामा पुगेर ३२ जना स्वास्थयकर्मी तथा महिला स्वयम सेविकालाई कोभिशिल्ड खोप लगाएको फडेराले जानकारी दिए । दुई दिनमा ३८ जना महिला र २४ जना पुरुष स्वास्थयकर्मी तथा स्वयम सेविकालाई खोप लगाइएको उहाँले बताए । भारत सरकारले नेपाललाई विश्वभर फैलिएको कोरोना महामारी नियन्त्रणका कोरोना विरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराएसँगै देशभर सहित हुम्लामा गत १४ गतेबाट खोप अभियान शुरु गरीएको हो ।

भौगोलिक विकटाका कारण सबै स्वास्थ्यकर्मी सिमकोट पुगन नसकेपनि जिलला अस्पतालबाट स्वास्थ्यकर्मीको टोली गाउँमा खटिएर कोभिड खोप दिन थालिएको जिलला स्वास्थय सेवा कार्यालय हुम्लाले जानकार्ी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।