नेभिगेशन
राष्ट्रिय

हुम्लामा देखिएन बन्दको प्रभाव


विवादित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समुहले गरेको बन्दको प्रभाव हिमाली जिल्लाहरुमा सुन्य जस्तै देखिएको छ ।

गएको पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको बिरोधमा आज बिहिबर देशैभर गरेको बन्दको प्रभाव कर्णालीका दुर्गम हिमाली जिल्लाहरुमा नगन्य प्रभाव परेको छ ।

सडक यातायातले नजोडिएको हिमाली जिल्ला हुम्लामा विहानै देखि नेपालगञ्ज र सुर्खेतबाट हवाई यातायात सञ्चालनमा आएका छन् भने जिल्ला सदरमुकाम सिमकोट देखि आन्तरिक रुपमा चल्ने यातायातका साधनहरुपनि निर्वाध रुपमा सञ्चालन भएपछि बन्दको प्रभाव नपरेको हो ।

विहानै देखि बन्द आमहड्ताल गर्ने भनिए पनि सदरमुकाम सिमकोटमा भएका सबै व्यापार व्यावसायहरुपनि सञ्चालनमै रहेका छन् । बन्दका बारेमा नेकपा दाहाल नेपाल समुहका तर्फबाट कार्यबहाक अध्यक्ष तिर्थराज रोकायाले विज्ञप्ती प्रकाशित गर्दै बन्दमा सहयोग गर्न अपिल गरेको भएपनि खासै कुनैपनि होटेल पसल बन्द नभएको बताइएको छ ।

यस्तै जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालय सहित निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएको र बन्दको प्रभाव नपरको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले जानकारी दिए । अहिले सम्म जिल्ला सदरमुकाम सिमकोट सहित जिल्लाका अन्य गाउँपालिकामा कुनै अप्रिय घट्ना नघटेको र बन्दको प्रभाव नपरेको प्रजिअ गिरीले बताए ।

सरकारी कार्यालय सञ्चालनमा आनउनुका साथै सेवाग्राहीको चहल पहल भइरहेको थियो । त्यतिमात्रै होइन यहाँका हड्ताल गर्ने दाहाल नेपाल समूहका नेता तथा कार्यकर्ता पनि बजारमा कोही देखिएका छैनन् । कतै अराजक गतिविधि भइहाल्छ कि भनेर स्थानीय प्रसाशले बजार क्षेत्रमा भने सुरक्षा गस्ती बढाएको छ ।

सदरमुकाम सिमकोटमा हडतालको प्रभाव नपरेपछि जिल्लाका अन्य गाउँपालिकामा पनि कुनै असर नपरेको प्रमुख जिल्ला अधिकारी गिरीले जानकारी दिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।