नेभिगेशन
अदानचुली

अदानचुली गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण

हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका फरक क्षमता तथा अपाङ्गता परिचयपत्र वितरण गर्न थालिएको छ । स्थानीय सरकार सञ्चालन भएको तीन वर्ष पूरा भए पनि अपाङ्गता परिचयपत्र वितरण समितिले पूर्णता नपाउनुका साथै विशेषज्ञा चिकित्सकको अभावमा परिचयपत्र वितरण कार्य रोकिएको थियो ।

यसअघि तत्कालीन गाविसले निर्धारण गरेको आधारमा गाउँपालिकाले भत्ता वितरण गर्दै आए पनि अब चिकित्सकले जाँच गरेको आधारमा वर्ग छुटाएर वितरण गरीने भएको छ ।

कोभिड–१९ विरुद्ध खोप सञ्चालनमा खोप लगाउन जिल्ला अस्पतालबाट तल्लो क्षेत्रमा रहेका तीन गाउँपालिकामा पुगेका चिकित्सक नवीन रोकायाको नेतृत्वको टोलीसँग गाउँपालिकाले समन्वय गरी गाउँपालिकाभरिका अपाङ्गता भएका व्यक्तिको जाँच गरी परिचयपत्र दिन थालिएको हो ।

श्रीनगर स्वास्थयचौकीमा वडा १ देखि ६ सम्मका नागरिकको परीक्षण गरेर गाउँपालिकाले क, ख, ग र घ वर्गको परिचयपत्र दिन थालेको अदानचुली गाउँपालिकाका निमित्त अध्यक्ष दत्त विष्टले जानकारी दिए । अपाङ्गता परिचयपत्र वितरणको लागि स्वास्थ्य परीक्षणका आधारमा ७६ जनालाई अपाङ्गता परिचयपत्र पाउने भएको गाउँपालिका निमित्त अध्यक्ष विष्टले जानकारी बताए ।

डा। रोकायाको नेतृत्वमा अदानचुली पुगेको टोलीले बुधबार र बिहीबार श्रीनगर स्वास्थ्यचौकीमा २०० भन्दा धेरैको चेकजाँच गरेको भए पनि परिचयपत्र पाउने ७६ जना रहेको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

सूचना अधिकारी फडेराले भने, ‘दुई दिन परीक्षण गरिएकामध्ये वडा १ देखि ६ सम्मका छ जना क वर्गमा, १८ जना ख वर्गमा, १६ जना ग बर्गमा र ३६ जना घ वर्गको परिचयपत्र पाउने छन् ।’

परीक्षण गरिएकामध्ये २४ ले नेपाल सरकारले दिने अपाङ्गताको भत्ता पाउने परिचयपत्र पाउने भएका छन् भने बाँकी ५२ जले भत्ता नपाउने ग र घ वर्गको परिचयपत्र मात्र पाउँने भएका छन् ।

लौठी स्वास्थ्यचौकी बारीगाउँमा स्वास्थ्य परीक्षण भइरहेको छ । चिकीत्सकले जाँच गरेपश्चात् अपाङ्गता परिचयपत्र वितरण गर्ने आधार तय भएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष विष्टले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अदानचुली
साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...
ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

बैंकसँग सम्बन्धित विभिन्न ४ मागहरु राख्दै एमाले गाउँ कमिटिले पछिल्लो समय सामाजिक सुरक्षा भक्ता बुझ्न जाने सेवाग्राहीले ठूलो लाइनमा बस्नु पर्ने, माग बमोजिम रकम भुक्तानी नहुने समस्यालाई यथासकय...
सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

पहिरोमा परि घाईते हुनेमा अदानचुली गाउँपालिका वडा नं. २ का तुलराज महतारा, युवराज बुढा, घमण्डी थापा र धनसोभा बुढा रहेका छन । वर्षाका कारण थपालीमा सडकमा क्षेती हुदा...