नेभिगेशन
राष्ट्रिय

हिमपातले हवाई सेवा अवरुद्ध

हिमाली जिल्ला हुम्लामा विहिबार राति देखि हिमपात हुँदा आज विहान देखि अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायत अवरुद्ध भएको छ । विहिबार राती १२ बजेदेखि जिल्लामा हिमपात हुँदा सिमकोट विमानस्थल अवरुद्ध भएको हो ।

विहान विमानस्थलको धावनमार्गमा जमेको बाक्लो हिउँ दिउँसो गाडीले पन्छाएपनि निरन्तर हिमपात र हावाहुरीका कारण नेपालगञ्ज सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थललले जानकारी दिएको छ । विकट हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायत अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रु अलपत्रमा परेका छन् भने हुम्लाबाट जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन् ।

यस्तै जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा तललो क्षेत्रभन्दा बढी हिमपात भएको छ । विहिबार रातीको हिमपातले उत्तरी हिल्सामा आवतजावत समेत ठप्प हुनुका साथै चिसो अत्याधिक बढेको सशस्त्र प्रहरी विओपी हिल्साले जानकारी दिएको छ ।

हिँउदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल हिउँले सेताम्य र मनमोहक देखिएका छन् भने यहाँका कृषक भने खुसि भएका छन् ।

लामो समयपछि परेको हिमपातका कारण हुम्लाका उत्साहित भएका छन् । मङ्सिरमा छर्केको वालिमा बेलाबेलामा पानीको आवश्यक पर्ने हुँदा हिउँदको समयमा वर्षात र हिमपात नहुँदा खडेरीले भोकमारीको चिन्ता गरीरहेका कृषकलाई राहत मिलेको छ ।

अग्ला गाउँबस्तीमा हिमपात र अली होचा गाउँबस्तीमा वर्षात् भएपछि जिल्लाभरिका कृषक खुशी हुनुका साथै जेठासीवालीका लागि राम्रो हुने विश्वास लिएका छन् ।

जिल्लाभरि नै बिहीबार रातिदेखि शुरु भएको वर्षातसँगै भएको हिमपातका कारण गहुँ, जौ, र उवा लगायतका अन्नबाली सप्रिनुका साथै उत्पादनमा समेत वृद्धि हुने आशा गरिएको अदानचुली गाउँपालिका वडा दुईका जीवन बुढाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।