नेभिगेशन
राष्ट्रिय

गुणस्तरीय स्टीम जिरा चामल हुम्ला आईपुग्यो

खाद्य व्यवस्था तथा ब्यापार लिमिटेड कम्पनीले हुम्ला जिल्लामा पहिलो पटक स्टीम जिरा चामल आपूर्ति गरेको छ । राम्रो चामल भित्र पर्ने उक्त चामललाई लिमिटेडको हुम्ला शाखाको प्रयासमा सो चामल भित्र्याउन सफल भएको छ । पहिलो पटक कर्णालीका साविकका जिल्लामा भित्रिएको स्टीम जिरा चामल हुम्ला जिल्लामा पनि आइपुगेको लिमिटेड हुम्ला शाखाका नायव सुब्बा भरत अधिकारीले बताए ।


राम्रो गुणत्मक चामल ल्याउन भने शाखाले निक्कै प्रयास गर्नु परेको बताए । उक्त चामल शहरी तथा सुगमका जिल्लामा मात्र यसअघि जाने भएपनि अहिले भने लिमिटेडका सबैभन्दा बढी खाद्यान्न आपूर्ति हुम्लामा पनि भएको छ । लिमिटेडले जनतालाई प्रतिकेजी ८२ रुपियाँ र कर्मचारीलाई प्रतिकेजी ८५ रुपियाँ मुल्य निर्धारण गरेको छ । हुम्लामा पहिलो पटक आई पुगेको उक्त चामल बिक्री पनि सुरु गरेको लिमिटेडले जनाएको छ ।


हालसम्म सो चामल सुर्खेत नेपालगंजबाट ६ सय ३८ क्वीन्टल आई पुगेको र अरु पनि आउने क्रम जारी रहेको उनको भनाई छ । यसअघि हुम्लामा उसिना, अरुवा र जापनिज चामल मात्र आउने गरे पनि यो पटकबाट अलिक स्वादिष्ट हुने चामल पुगेको नायव सुब्बा अधिकारीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।