नेभिगेशन
अर्थ

कर्णालीमा एमबीबीएस पढाइका लागि कार्यदल गठन

७ भदौं, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तह (एमबीबीएस) तहमा भर्नासम्बन्धी अध्ययन शुरु गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सक श्रीकृष्ण गिरीको संयोजकत्वका कार्यदल गठन गरिएको छ ।

कार्यदलमा चिकित्सकद्वय जीवन क्षेत्री, केदार बराल तथा कर्णाली प्रदेश सरकारका प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि एवं सुर्खेत अञ्पतालका प्रतिनिधिसमेत रहने शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकार र चिकित्सक डा. गोविन्द केसीका बीचमा साउन १० गते भएको सहमति कार्यान्वयन गर्न सो कार्यदल गठन गरिएको हो । सहमतिको प्रमुख बुँदाका रूपमा रहेको चिकित्सा शिक्षा विधेयक संशोधनका क्रममा प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिमा छलफलका क्रममा रहेको र सो विधेयकमाथि २२ वटा संशोधन दर्ता भएको छ ।   रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
बजेट खर्चः ६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाख

बजेट खर्चः ६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाख

आव २०८१/०८२ को ६ महिनामा हुम्ला जिल्लाका २१ संघीय र ७ गाउँपालिकामा चालु तथा पूँजीगत दुबै शिर्षकको बजेट १ अर्ब ३३ करोड ८३ लाख ८६ हजार ७७८ रुपैँया...