नेभिगेशन
राष्ट्रिय

थुनुवालाई कोभिड विरुद्धको खोप

जिल्ला कारागारमा रहेका सात जना थुनुवा तथा पुरपक्षलाई आज कोभिड विरुद्ध खोप लगाएका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाले कारागारभित्र रहेका सातजना थुनुवा तथा ५५ जना सुरक्षाकर्मी गरेर ६२ जनालाई शनिवार मात्रै कोभिड खोप लगाइएको हो ।

कारगारभित्र रहेका सबै सातजना थुनुवा तथा पुरपक्षका साथै नेपाल प्रहरी,सशस्त्र प्रहरी, र अनुसन्धानका कर्मचारीले पनि कोरोना खोप लगाएको जिलला स्वास्थ्य सेवा कार्यालय हुम्लाका मान बहादुर रोकायाले जानकारी दिनुभयो । शुक्रबार १७ जना नेपाली सेनालाई कोभिड लगाइएको हो ।

कारागारभित्र रहेका थुनुवा तथा पुरपक्षलाइ कोरोना भाइरस संक्रमणको जोखिम बढी हुने भएकोले खोप दिइएको रोकायाले जानकारी बताउनुभयो । ‘कोरोना विरुद्धको खोप लगाइसकेपछि कोरोना संक्रमणको जोखिम कम हुने भएकोले हामीले जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा खोप लगाएका हौँ’, स्वास्थ्कर्मी रोकायाले भने । कारगारभित्र रहेका थुनुवा तथा पुरपक्षहरुले कोभिड विरुद्धको खोप लगाउन पाउँदा सबै हर्षित भएका छन् ।

आजबाट पहिलो चरणको कोरोना विरुद्धको कोभिड खोप लगाउने अभियान सम्पन्न भएको छ । सरकारले अग्रपंति भागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी तथा महिला स्वयम सेविकालाई माघ १४ गतेबाट पहिलो चरणको खोप अभियान शुरु गरेर आजबाट सम्पन्न भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।