नेभिगेशन
राष्ट्रिय

हावाहुरीका कारण हवाई सेवा ठप्प विद्युत अवरुद्ध

दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा ठप्प भएको छ ।

शनिवार राती देखि चलेको हावाहुरीका कारण नेपालगञ्ज र सुर्तेतबाट नियमीत उडान भरने निजी जहाजले हावाहुरीका कारण हवाई उडान हुन नसकेको हो ।

जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भएपनि नियमीत चलेको हावाहुरीका कारण विहानै देखि उडान हुन नसक्दा हातमा टिकट लिएर बसेका यात्रुक सिमकोटमै रोकिएको सिमकोट विमानस्थललले जानकारी दिएको छ । हवाई सेवा बन्द हुादा नेपालगञ्ज र सुर्खेत देखि सिमकोट आउने यात्रु सहित कार्गो सामान रोकिएका छन् ।

हुम्लादेखि नेपालगञ्ज र सुर्खेत जाने यात्रु तथा नेपागञ्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी गर्न नसकिएको बताइएको छ ।

यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुनसकेको छैन ।

विद्युत सेवा अवरुद्ध
तीव्र चलेको हावाहुरीले आज विहानबाट हिल्दुम वितरण केन्द्रले अप्रिय घट्ना नघटोस भनेर विद्युत सेवा बन्द गरेको छ ।

शनिवार रातिबाट चलेको हुरीले सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका सहित खार्पुनाथ गाउँपालिकाका सेवा ग्राही प्रभावित भएका छन् ।

विद्युत सेवा बन्द हुँदा सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय तथा सिमकोटमा सञ्चालीत इलोक्टोनी पसल व्यवसायी समेत समस्या बनाएको छ ।

तीव्र चलेको हावाहुरीका कारण विद्युतका तार जुधेर आगजानी हुनुका साथै कतै अप्रिय घट्ना नघटोस् भनेर यो सेवा बन्द गरीएको हिल्दुम वितरण केन्द्रका कर्मचारी विर्ष दमाईले जानकारी दिए । हावा विस्तारै कम हुँदै गएमा विद्युत सेवा पुन शुचारु गरीने कर्मचारी दमाइले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।