नेभिगेशन
राष्ट्रिय

विद्यार्थीलाई ट्राफिक नियम सिकाउँदै प्रहरी

जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले यहाँका बिद्यालयमा ट्राफिक सचेतना सम्बन्धि जनचेतना मुलक जानकारी दिन थालेको छ । जिल्लाका ट्राफिक नियम सम्बन्धि जानकारी नहुँदा दुर्घना बढेको भन्दै यहाँको जिल्ला ट्राफिक प्रहरी कार्यालयले हुम्लाले सदरमुकाम सिमकोटमा रहेका सामुदायिक विद्यालयमा गएर ट्राफिक नियम सम्बन्धि तालिम दिन थालेको हो ।

ट्राफिक नियम सम्बन्धि जानकारी दिन र सबैले ट्राफिक सम्बन्धि जानकारी पाउन भन्ने उदेश्यले आफुहरुले उक्त तालिम दिदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी सहायक निरीक्षक लोक बहादुर चन्दले जानकारी दिए । आज आइतबार सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा छ र दश सम्मका ८० जना भन्दा बढी विद्यार्थीको सहभागीतामा ट्राफिक यिनम सम्बन्धि जानकारी गराइएको हो । जिल्ला ट्राफिक कार्यालय सिमकोटका अनुसार, “यातयातका साधन दिनहुँ थपिदैछन्, ट्राफिक नियम सम्बन्धि सबैलाई जानकारी नभएकाले हामीले सबै ठाउँमा तालिम दिन थालेका छौँ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले यस अघि बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत छात्र छात्रालाई जानकारी गराएको छ ।

ट्राफिकहरुले बिद्यालयमा रहेका बिद्यार्थीहरु मार्फत जनचेतना तालिम दिनलागेको प्रति यहाँका स्थानियहरु खुसि भएको मानसरोवर माध्यामिक विद्यालयका प्रधानध्यापक अमर बहादुर शाहीले बताए ।

गाडी चालकहरुले सदरमुकाम सिमकोट देखि गाउँमा पुग्दा जिल्लामा ट्राफिक नियमको पालना नगर्दा वर्षेनी सवारी दुर्घना हुनुका साथै दजर्नौको अकालमै ज्यान जान थालेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।