नेभिगेशन
राष्ट्रिय

अखिल नेपाल महिला संघद्धारा जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापनपत्र पेश

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड माधब पक्षको अखिल नेपाल महिला संघले जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिगठन गरेको बिरुद्धमा अखिल नेपाल महिला संघले ज्ञापन पत्र पेश गरेको हो ।
प्रधानमन्त्रीले जनताले निर्माण गरेको वर्तमान संबिधानलाई कुल्चने काम गरेको भन्दै त्यस बिरुद्ध अखिल नेपाल महिला संघले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु परेको अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य जुम्कीत लामाले बताए ।


संघद्धारा पेश गरिएको ज्ञापन पत्रमा प्रधानमन्त्रीलाई नेपाली जनताले दिएको म्याण्डेड बिरुद्ध लागेको आरोप समेत लगाईएको छ । त्यसै गरि संबिधानको पालन गर्नु ब्यक्तिले धज्जी उडाएको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उक्त संघले ज्ञापन पत्र मार्फन प्रधानमन्त्रीले चालेका कदमलाई यथाशिघ्र सच्याउन समेत आग्रह गरिएको छ ।


नेकपा कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेकी लामाको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र पेश गरेको हो । लामाले प्रधानमन्त्रीको असंबैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी राख्ने भनाई छ । आजै दिनको १ वजेको समयमा ज्ञापन पत्र बुझ्दै प्रजिअ गिरीले तत्काल प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा पठाईने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।