नेभिगेशन
राष्ट्रिय

हुम्लामा २६ औँ सहिद दिवस विविध कार्यक्रम गरि मनाइयाे

२६ औँ महान जनयुद्ध दिवसको अवसरमा सहिद परिवारलाई स्वागत तथा सम्मान गरि मनाइएकाे छ । सिमकोट गाउँपालिका वडा नम्वर ७ को डाँडाफयामा आज २६ औँ जनयुद्धको अवसर पारि सहिद घरपरिवाराई नेपाल कम्युनिष्ट पार्टि नेकपा गाउँ कमिटिले स्वागत तथा सम्मान कार्यक्रम सञ्चालन गरेको छ । कैलाश मावि डाँडाफयाको पुरानो भवनको खेल मैदानमा आज एक कार्यक्रमका विच सहिद परिवारका आफन्तहरुलाई स्वागत तथा सम्मान गरि सो कार्यक्रम मनाएको डाँडाफयाबाट सञ्चारकर्मी मन्दिर सिंहले बताए ।


०६२।६३ को जन आन्दोलनका क्रममा सहिद भएका डाँडाफया गाउँका दत्त बहादुर शाहीका बुवा बल बहादुर शाही, बासुदेव शाहीका दाई अजय बहादुर शाही, रमला शाहीका छोरा अमराज शाही र बाँच विकका अंकल गणेश विकलाई नेकपा गाउँ कमिटिले फुलमाला र अविर लगाई भव्य रुपमा स्वागत तथा सम्मान गरिएको छ । सिंहका अनुसार सोही अवसर पारि उक्त खेल मैदानमा आजै पुरुष र महिला विचको देउडा खेल सञ्चालन गरिएको हो । जन आन्दोलनमा घटेका घटनालाई समेटेर सो देउडा खेल सञ्चालन गरिएको हो ।

उक्त डाँडाफयामा नेकपा गाउँ कमिटिद्धारा दलित समुदायका महिला खेलाडीहरुलाई ५ हजार रुपैयाँ पुरुषकार दिएर सम्मान गरिएको थियो ।
सो कार्यक्रम नेकपा गाउँ कमिटिका सह इन्चार्ज ध्वोज बहादुर शाहीको अध्यक्षता र निर्वाचन क्षेत्र नम्वर ख का अध्यक्ष महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यमा सञ्चालन भएको हो ।


त्यस्तै दिवसको अवसरमा हुम्ला जिल्लाको ताँजाको र अदानचुली गाउँपालिकामा पनि भव्यरुपमा कार्यक्रम संचालन गरेको मादप, प्रचण्ड समुहका खार्पुनाथ गाउँपालिका संयोजक प्रकास बहादुर शाहीले बताए । सोही कार्यक्रममा १३ जना सहित परिवारलाई दोसल्ला ओढाइ सम्मान गरिएको संयोजक शाहीले बताए ।


ताँजाकोटको कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरु पनि संचालन भएका थिए । त्यसै गरि माधब प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अदानचुली गाउँ कमिटिले २६ औँ जनयुद्ध दिवस मनाएका छन् । नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका अर्थ मन्त्री प्रकास ज्वालाको प्रमुख आतिथ्यमा अहिले साबिकको श्रीनगरमा रहेको श्रीनगर स्वास्थ्य चौकीको प्राङ्गणमा भएको हो । कार्यक्रममा प्रदेश कमिटिका सदस्य हस्त बहादुर शाही र छिरिङ् दम्डोल लामा (कार्चेन)को उपस्थीती रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।