नेभिगेशन
राष्ट्रिय

जिल्ला अस्पताल हुम्लामा दोस्रो चरणको खोप अभियान सुरु


हुम्लामा कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ को दास्रो चरणको खोप लगाउने कार्य फागुन २ गतेबाट सुरुवाती गरिएको छ । दोस्रो चरणको पहिलो दिन स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखाका प्रमुख कृष्ण चन्द जोसि सहित ७७ जना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामति कर्मचारी, एनजियो तथा आईएनजियोमा कार्यरत कर्मचारी र पत्रकारहरुलाई खोप लगाइएको छ ।


सरकारले दोस्रो चरणमा कोरोना खोप पत्रकार र कुटनीतिक नियोगका कर्मचारी लगायत कोभिड १९ महामारी विरुद्धको लडाइँमा अग्रभागमा खटिएकाहरुलाई लगाउने निर्णय गरेपछि हुम्लामा फागुन २ गतेदेखि दोस्रो चरणको खोप सञ्चालन गरेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख नन्द बहादुर शाहीले बताए ।


आइतबार सञ्चालन भएको खोप अभियानमा स्वाथ्यकर्मी मध्ये पूरुष चार महिला छ, जिल्लामा स्थापित एनजियो तथा आईएनजियो लगायत बैँकका कर्मचारी मधये पूरुष १६ महिला आठ, जनप्रतिनिधिमा पाँच पुरुष र एक जना महिलालाई सो खोप लगाईएको छ भने निजामती कर्मचारीमा १३ जना, नेपाल प्रहरी (जनपद) का १५, ससस्त्र प्रहरीका छ जना, एक जना नेपाली सेना, दुई जना पत्रकार गरेर ७७ जनाले उक्त खोप लगाएका छन् ।


सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउने भनिएता पनि हुम्लामा अग्रगामी रुपमा खटिने सम्पुर्ण कर्मचारीहरुलाई सो खोप लगाउने गरिएको छ । देश भरि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरिएको जिल्ला अस्पताल हुम्लाका डाक्टर नविन रोकायाले बताए । हुमलामा बाँकी सम्र्पुण व्यक्तिहरुलाई फागुन ७ गतेसम्म सो खोप लगाई सक्नु पर्ने डाक्टर रोकायाको भनाई छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।