नेभिगेशन
राष्ट्रिय

चिसो छल्ने बाहानामा जिल्ला बाहिर गएका कर्मचारी नफर्कदा सेवाग्राही मर्कामा

उत्तरी नाम्खा गाउँपालिका भित्रका अधिकांस कर्मचारीहरु हालसम्म बिधामा बसेपछि सेवाग्राही मर्कामा परेका छन् ।
शैक्षिकसत्र फागुनदेखि शुरु हुने भए पनि यो वर्ष कोरोनाका कारण पठनपाठनमा समस्या भएको भन्दै जिल्लाका अधिकांस विद्यालयहरु पुस महिनाबट शुरु गर्ने गरेका छन् ।


हिमाली जिल्ला हुम्लामा हिमपात र चिसो अत्याधिक हुने भएकाले चिसो छल्न जिल्ला बाहीर गएका नाम्खा गाउँपालिकाका कर्यरत सबै कर्मचारी पालिकामा नआउँदा स्थानिय सेवाग्राहीलाई समस्या भएको स्थानिय पेमा लामाले बताए ।
उनले भने गाउँपालिकामा हालसम्म कुनै पनि कर्मचारी नभएपछि विभिन्न किसिमका सिफारीस लिनका लागि एक दुई दिन लगाएर गाउँपालिका कार्यालय पुगेका सेवाग्राहीहरु रित्तो हातमा घर फर्कनु परेको बताउँछन् ।


विरामीहरु उपचारका लागि स्वास्थ्य संस्थामा पुग्दा स्वास्थ्यकर्मी समेत नभएको भन्दै सदरमुकाम सिमकोट धाउनु परेको लामाको गुनासो छ ।
त्यस्तै पठनपाठन गर्न विद्यालयमा पुगेका विद्यार्थीहरु पनि रित्तै फर्केका छन् । नाम्खा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी, वडा सचिव, शिक्षक लगायतका कर्मचारीहरू जाडो छल्न तराई झर्ने गरेका छन् ।


गाउँपालिकामा कर्मचारी उपस्थिती नभएपछि तिन दिनभित्र कामकाजमा फर्किन गाउँपालिकाले पत्राचार गरेको छ ।
जिल्लामा भारी हिमपातपछि घर बिदामा बसेका कर्मचारीलाई कामकाजमा फर्किन गाउँपालिकाले पत्राचार गरेको गाउँपालिकाका निमीत्ता कार्यकारी प्रमुख पठन बुढाले बताए ।


यो बर्ष कोरोना र चिसोको कारण विद्यार्थीको पढाइमा बाधा पुगेपछि तिन दिन भित्र सबै कार्यरत कर्मचारीलाई हाजिर हुन पत्रचार गरेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।