नेभिगेशन
राष्ट्रिय

कर्मचारीको अभावमा सुचना अधिकारी तोक्नै कठिन प्र.जि.अ. गिरी

हुम्लाका सरकारी कार्यालयहरुका लागि सुचना अधिकारी तोक्न समस्या भएको छ । कार्यालयमा कर्मचारी नभएका कारण सुचना अधिकारी तोक्न कठिन भएको हो प्रमुखि जिल्ला अकिारी चिरन्जीवी गिरीले बताए ।
प्रजिअ गिरीले भने तीन महिना सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा कार्यालयले सुचना अधिकारी तोक्न नसकेको हो । कसैलाई सुचना दिनु पर्यो भने पनि प्रजिअ आफैले दिने गरेको उनको भनाई छ ।
यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हुदा सुचना अधिकारीको जिम्मेवारी उनैलाई तोकिएको भए पनि सहायक प्रजिअको सरुवा भएर अर्को जिल्लामा गएपछि गृह मन्त्रालयले अर्को बिकल्प नगरेका कारण सुचना अधिकारी तोक्न कठिन भएको छ ।

त्यस्तै जिल्लाका अन्य सरकारी कार्यालयमा मात्रै नभएर जिल्ला प्रशासन कार्यालयमा कर्मचारीको अभाव छ । यता शिक्षा बिकास तथा समन्वय इकाईमा पनि कार्यालय प्रमुख र सहयोगी बाहेक अन्य कर्मचारी नहुँदा सुचना अधिकारी तोक्न समस्या भएको प्रमुख बिष्णु बहादुर शाहीले बताए ।
कार्यालय सहयोगीलाई सुचना अधिकारी तोक्न नमिल्ने भएपछि प्रमुख शाहीले जिम्मोवारी तोक्नु नसकेको बताए ।
एक महिना अगाडी जिल्ला प्रशासन कार्यालयले सबै कार्यालयलाई सुचना अधिकारी तोकेर जानकारी गराउन पत्राचार गरेको भएपनि कुनै कार्यालयबाट उक्त जानकारी नआएको प्रशासन कार्यालयले जनाएको छ ।

नियमानुसार सरकारी कार्यालयहरुले अनिवार्य रुपमा सुचना अधिकारी तोक्नु पर्ने ब्यबस्था छ । तर हुम्लामा अधिकाँस संघिय सरकारका कार्यालयहरुमा कर्मचारीको अभावमा सुचना अधिकारी तोक्न सकिएको छैन । जिल्लामा २० वटा संघीय सरकारका कार्यालय भएपनि सुरक्षा निकाय बाहेक अन्य कार्यालयहरुमा कर्मचारी अभाव भएका कारण सुचना अधिकारी तोक्न समस्या हुँदै आएको कार्यालय प्रमुखहरुले जनाएका छन् ।

कार्यालयमा सुचना अधिकारी नभएपछि सेवाग्राहीहरुलाई सुचना लिन कठिन हुने गरेको छ । अझ बिशेष गरि संचारकर्मी यसावट बढी पिडित भएका छन् । फागुन ५ गते जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु समक्ष प्रमुख जिल्ला अधिकारी गिरीको अध्यक्षतामा बस्ने निमित बैठकमा सो कुरा प्रस्ट भएको थियोे । बैठकले यस वर्षको प्रजातन्त्र दिवस फागुन ७ गतेदेखि ८ गतेसम्म मनाउने समेत निर्णय गरेको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।