नेभिगेशन
राष्ट्रिय

निर्वाचन आचार संहितामा जिल्लाका सरोकारवाला निकायसंग सुझाब संकलन

जिल्ला निर्वाचन कार्यालय हुम्लाले आगामी २०७८ वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि आयोगले तयार पारेको निर्वाचन आचार संहितामा जिल्लाका सरोकारवाला निकायसंग सुझाब संकलन गरेको छ । आयोगले तयार पारेको आचार संहिताको ड्राफ्टमाथि जिल्लाबाट सुझाव लिने कार्य गरेको हो ।

आयोगबाट तयार भएर आएको आचार संहिताका बारेमा जिल्ला निर्वाचन अधिकारी ओम प्रकास महतोले स्पस्ट पारेका थिए । तयार आचार संहिताको मुख्य लक्ष स्वतन्त्र, स्वच्छ, निष्पक्ष, विस्वसनीय, मितव्ययी निर्वाचन मार्फत नागरिकलाई मताधिकारको निर्वाध उपभोग गर्ने अवसर प्रदान गरि लोकतन्त्रको सुदृढिकरण र सुशासनमा योगदान पुर्याउनु पर्ने उल्लेख गरिएको छ ।


छलफलमा महतोले आचार संहिता किन, आचार संहिता लागु हुने निकाय र व्यक्ति, सवैले पालन गर्नु पर्ने आचरण, आचार संहिता लागू भएपछि गर्न हुने र नहुने कार्य, राजनीति दल र उम्मेदवार तथा दलको भातृ संगठनले पालन गर्नु पर्ने आचरण, सञ्चार माध्यम प्रयोग गर्दा पालन गर्नु पर्ने कुरा, निर्वाचन खर्चको आचरण, मतदानको दिन पालन गर्नु पर्ने आचरण लगाएतका विषयमा जानकारी गरेका थिए ।


छलफलमा सहभागीहरुले आचार संहिता पालन गर्नेमा सामाजिक संस्थालाई पनि समेट्नु पर्ने, हेलिकोप्टर प्रयोग गर्दा हिमाली जिल्लामा दरमा भिन्नता हुनु पर्ने र निर्वाचनको अनुगमन गर्ने निकायको एकिन गर्नुपर्ने सुझाव दिएका थिए । यी निर्वाचन अधिकारी महतोले छलफलमा सहभागीबाट आएका सुझावलाई आयोगमा पठाउने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।