नेभिगेशन
राष्ट्रिय

चार दिनदेखि विधुत अवरुद्ध भएपछि स्थानीय अन्धकारमा बस्न बाध्य


चार दिनदेखि विधुत अवरुद्ध भएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । सिमकोट गाउँपालिका वडा नम्वर ८ को स्याँडा गाउँमा फागुन ४ गतेदेखि विधुत बन्द हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।

स्याँडा गाउँको गाड घट्टे जल विधुत आयोजनामा रहेको प्लोथिन पाइप लिक भएपछि सोही दिनदेखि ३ सय घरदुरीका स्थानीयहरु प्रभावित भएको विधुत अप्रेटर रुप बहादुर बुढाले जानकारी दिए ।


विगत २०६४ सालदेखि स्थापना र सञ्चालन हुँदै आएको विधुत हाल बन्द भएपछि स्याँडाका स्थानीय सल्लाको दियालो बाल्दै आएको अप्रेटर बुढाले बताए । विशेष गरि हुम्ला जिल्लामा यो वर्ष हिमपातको कमीका कारण खोला नालाका मुहानहरु सुक्न थालेपछि जिल्लाका विभिन्न ठाउँका जल विधुत आयोजनाहरु बन्द हुने थालेका छन् ।

सो विधुत २०६४ सालदेखि सञ्चालन भएको भए पनि त्यती प्रभाव कारी रुपमा प्रसारण नभएकै पुनः बन्द भई सकेको स्थानीयको भनाई छ ।
स्याँडा गाउँका सवै स्थानीयले विधुतका पाईप मर्मतका लागि अव छिट्टै पहल गर्नु पर्ने आवश्यक भएको स्थानीय उत्तम बुढाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।