नेभिगेशन
राष्ट्रिय

हुम्लामा पहिलो पटक फुटबल लिंग प्रतियोगिता सञ्चालन हुँदै

हुम्ला जिल्लामा पहिलो पटक फुटबल लिंग प्रतियोगिता सञ्चालन हुने भएको छ । हुम्ला फटबल ऐकेडेमीको आयोजनामा आगामी चैत महिनामा उक्त लिग फुटबल प्रतियोगिता हुने भएको हो । हुम्ला फुटबल एकेडेमीले प्रदेश फुटबल लिगको तयारीका साथै सर्वाधिक पुरस्कार राशीको जिल्ला लिग फुटबल प्रतियोगिता आउँदा चैत महिनामा आयोजना गर्न लागेको ऐकेडेमीका अध्यक्ष बिष्णु रावतले जानकारी दिए ।


जिल्लाका नयाँ दर्ता हुन चाहने तथा दर्ता भई सकेका पुराना क्लबहरुलाई प्रक्रिया पुरा गर्दै लिगको तयारी शुरु गर्न समेत अध्यक्ष रावतले अनुरोधगरेका छन् । लिगमा ६ टोली मात्र समावेश गरिने हुँदा दर्ता भएका क्लबहरु बिच नकआउट प्रतियोगिता संचालन गरि त्यसबाट छनौट भएका क्लबहरु बिच लिग प्रतियोगिता संचालन गरिने भएको छ ।


पुराना तथा नयाँ क्लबहरुले उपरोक्त ३ वटा प्रक्रियाहरु पुरा गरि यहि आउँदो फाल्गुण १० गते देखि २५ गतेसम्म हुम्ला फुटबल एकेडेमीको कार्यालयमा आफ्नो क्लव दर्ता गराई सक्नु पर्ने भएको र सोही मितिदेखि दर्ता हुन आएका क्लबहरुलाई प्रतियोगितामा समावेश नगरिने अध्यक्ष रावतको भनाई छ । लिगमा प्रथम स्थान प्राप्त गर्ने क्लबले पुरस्कार स्वरुप ७५ हजार नगद सहित, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ र प्रदेश फुटबल लिगमा भाग लिन समेत पाउने भएका छ ।


त्यसैगरि लिगमा द्धितिय स्थान प्राप्त गर्ने क्लबले पुरस्कार स्वरुप ४० हजार नगद सहित, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भएको छ । सर्वोत्कृष्ठ गोलकिपर, डिफेण्डर, मिडफिल्ढर, स्ट्राईकर तथा सर्वाधिक गोलकर्तालाई विशेष पुरस्कारद्धारा सम्मानित गरिने अध्यक्ष रावतले जानकारी गराएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।