नेभिगेशन
राष्ट्रिय

तीन महिनादेखि स्वास्थ्यचौकी बन्द, सेवाग्राही प्रभावित

हुम्लाको चंखेलि गाउँपालिका वडा नम्वर ४ को तल्लो पाली स्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । पाली स्वास्थ्यचौकीमा गत मङसिर महिनादेखि एक जना स्वाथ्यकर्मी समेत नभएपछि सोही ठाउँका स्थानीयहरु उपचारबाट बंन्चित भएका छन् । सडक सञ्जालसंग नजोडिएको हुम्लामा स्वाथ्य संस्था बन्द भएपछि गाउँका हजारौँ स्थानीयहरु उपचार गर्न र औषधि पाउँनबाट प्रभावित भएका हुन् ।

उक्त स्वास्थ्य संस्थालाई मङसिरको पहिलो हप्ताबाट छोडेर गएका स्वाथ्यकर्मीहरु हालसम्म नफर्किएपछि सोही ठाउँका सेग्राही पत्यक्ष रुपमा सेवा लिनबाट प्रभावित भएको चंखेलि गाउँपालिका वडा नम्वर ४ का स्थानीय विष्णु भक्त जैसिले बताए । उक्त स्वास्थ्य संस्थामा सिटामोल समेत दिने कर्मचारी नभएपछि तल्लो पाली र माथिल्लो पाली गाउँका ९५ घरदुरी १ घण्टाको टाढाको दुरीमा रहेको चंखेली गाउँपालिका कार्यालयमा रहेको स्वास्थ्य संस्थामा गएर सेवा लिन बाध्य भएको स्थानीयले गुनासाे गरेका छन् । स्वास्थ्य संस्थामा सामान्य एउटा बोर्ड समेत नराखेको पाइएको छ ।


हाल सो पाली स्वास्थ्य संस्थामा अनमी दुई, अयव दुई, एचए एक, कार्यालय सहयोगी दुई जनाको दरवन्दी रहेको भए पनि यतिखेर भने स्वाथ्यचौकीनै बन्द भएको स्थानीय जैसिको भनाई छ । स्थानीय जैसिका अनुसार केही दिन अगाडी मात्रै तीनदिनदेखि सुत्केरी व्यथाले थला परेकी महिलाको उपचार गर्ने स्वाथ्यकर्मी नहुँदा उक्त महिला मृत्युसंग लडेर सञ्चो भएको गुनासो छ ।


तीनदिनदेखि सुत्केरीको व्यथाले घरमै छटपटाएकी महिलालाई स्वास्थ्य संस्थामा लिए पनि स्वास्थ्य संस्थामा स्वाथ्यकर्मी नभएको भन्दै घरमा फर्काउने गरेको विरामीका आफन्तले गुनासो गरेका छन् । उक्त गाउँमा एक जना अयव पढेर आएका तर स्वास्थ्य संस्थामा कार्यरत नरहेका स्वास्थ्यकर्मीले उनको भलाईका लागि आफै सलामी चढाएपछि ती महिलाले सो व्यथाबाट छुटकरा पाएकी थिइन् ।


यतिखेर मौषम परिवर्तन भएसंगै गाउँमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकि र झाडा पखाला लाग्ने जस्ता विरामीहरु रित्तो हातमा घर फर्कन बाध्य छन् । स्वास्थ्यचाैकीमा २०७७ मङसिर महिना पहिले नै एक जना स्वास्थ्यचाैकी इन्चार्ज दत्त कृष्न न्यौपाने कोभिड संक्रमित भएर जिल्ला बाहीर गएपछि उक्त स्वास्थ्यचाैकी बन्द रहेको हुन सक्ने चंखेलि गाउँपालिका स्वास्थ्य संयोजक कालि बहादुर बुढाले बताए ।

संयोजक बुढाका अनुसार इन्चार्ज न्यौपाने कार्यक्षेत्र तर्फ फर्कि सकेको भए पनि स्वास्थ्य संस्थामा भने नपुगेको प्रतिकृया दिए ।
उनले भने स्वास्थ्य संस्थामा कार्यरत सवै जना करारका स्वास्थ्यकर्मी छन ती सवैलाई नियमित खट्नका लागि आफुले परिपत्र गरिसकेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।