नेभिगेशन
राष्ट्रिय

प्रधानमन्त्रीको कदम बिरुद्ध हुम्लामा अनेमसंघद्धारा बिरोध प्रर्दशन

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको संसद बिघठनको कदम असंबैधानिक भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड माधब समूहका अखिल नेपाल महिला संघले हुम्लामा फागुन ९ गते बिरोध प्रर्दशन गरेका छन । प्रधानमन्त्री ओलीको उक्त कदम सच्चिनु पर्ने माग राख्दै आज हुम्ला जिल्लामा पनि अनेमसंघले बिरोध र्याली निकालेको हो ।

बिरोध र्याली पछिको कोण सभामा अनेमसंघका केन्द्री सदस्य सुस्मीता शाहीले प्रधामन्त्री ओली आफ्नै पाराले संसद बिघठन गरेर देशलाई बरवादीमा पारेको भन्दै आरोप लगाइएको छ । देशमा बलात्कारका घटना दिनानुदिन घट्दा पनि ओली सरकार मौन बस्नु आश्चार्यको कुरा भएको उल्लेख गर्दै सदस्य शाहीको भनाई छ ।

त्यस्तै नेकपा कर्णाली प्रदेशकी सदस्य एवं अनेमसंघकी केन्द्रीय सदस्य जुम्कीत लामाले प्रधानमन्त्रीको असंबैधानिक कदम बिरुद्ध आन्दोलन जारी राख्नु पर्ने छ । आन्दोलनबाट आँधीबेरी ल्याएर ओलीलाई सरकारबाट खसाल्नु पर्ने लामाले बताइन् । उनले भनिन् भ्रष्टाचारमा लिन सरकारले नेपालमा अराजकता निम्त्याउने कार्य गरि रहेका कारण यसको दुष्परिणाम ओलीले अवस्य एक दिन भोग्ने सदस्य लामाको भनाई छ ।

कार्यक्रममा तीन दिन पैदल हिडेर अदानचुली गाउँपालिकाबाट आएकी पम्फा शाहीले महिलाका बेदना र पिडा देउडा गीतबाट पोखिन । बिरोध र्याली लोकतन्त्र चोकबाट सुरु भएर काली चोक, बालमन्दिर काठेचुली बिमानस्थल छेउ, महिला छात्राबास, जिल्ला प्रशासन हुदै जिल्ला प्रहरी कार्यालय अगाडीको धुपी रुखमा आएर कोण सभामा परिणत भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।