नेभिगेशन
मनोरञ्जन

कोमल ओलीको ‘फेरि तीज आयो बाबा…

काठमाडौं : राष्ट्रिय सभा सांसद तथा चर्चित गायिका कोमल ओलीको स्वरमा सन्देशमुलक तीज गीत ‘फेरि तीज आयो बाबा’ बिहिवार सार्वजनिक गरिएको छ । हिन्दू महिलाह?को महान पर्व तीजलाई लक्षित गरी तयार पारिएको गीत म्युजिक नेपालले युटुब च्यानलमार्फत सार्वजनिक गरेको हो ।
स्वाभिमान महिला समुह बाँसगढी बर्दियाको दोस्रो प्रस्तुतीको ?पमा रहेको यो गीत महिलाह?लाई आत्मनिर्भर र स्वाभिमान बन्न उत्प्रेरणा दिने खालको सन्देश दिन खोजिएको निर्माता शंकर शर्माले जानकारी गराए ।
‘तीजको प्रसंगमा आजभोलि बजारमा उच्छृंखल र अपाच्य गीतह?को बिगबिगी भइरहेको अवस्थामा केही फरक र परम्परागत शैलीमा यस्तो सन्देशमुलक गीतले समाजलाई समृद्धितर्फ अघि बढ्न केही मद्दत पुग्ने हामीले आशा लिएका छौं ।’
निर्माता शर्माले भने–‘अर्को कुरा तीजलाई सधैं हामीले नितान्त मनोरञ्जनमा मात्र सिमित नराखी कला र संस्कृतिको माध्यमबाट पनि समाज ?पान्तरणको कार्यमा केही योगदान दिन सकिने मान्यताबमोजिम यो गीतको निर्माण गरिएको हो ।’
भगवती शर्माको शब्द र लयमा केशव बडुको संगीत संयोजन रहेको यो गीतलाई नवराज सुवेदीले नृत्य निर्देशन गरेका छन् । बर्दियाको बाँसगढीमा अवस्थित सिजी फुड्स, ऐचोपैचो सहकारी र बाँसगढी बजार क्षेत्रमा छायांकन गरिएको यो गीतलाई छायांकन र भिडियो सम्पादन रामु चौधरीले गरेका हुन ।
यो गीत मार्फत वैदेशिक रोजगारमा मात्र भर नपरी स्वदेशमै पनि बिभिन्न माध्यमबाट धेरै काम गर्न सकिने सन्देश समेत दिन खोजिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
कर्णालीमा अनन्ते पूर्णीमा मनाइयो (भिडियो)

कर्णालीमा अनन्ते पूर्णीमा मनाइयो (भिडियो)

अदानचुली गाउँपालिकाको वडा नम्बर १ को महतारा गाउँ, २ को माझखाडा, ४ कोलौठी, ५ को काँखे खार्पुनाथको लाली र छिप्रा, सिमकोटको सिमकोट, ठेहे, स्याँडा, सर्केगाडको मैला, रामा, पादा,...
आज हरितालिका तीज हुम्लामा पनि मनाइयो, शिवालय पुगेर महिलाले गरे पुजापाठ

आज हरितालिका तीज हुम्लामा पनि मनाइयो, शिवालय पुगेर महिलाले गरे पुजापाठ

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सोही अनुसार हुम्लाको सदरमुकाम सिमकोट सहित जिल्लाभरका...
आज हरितालिका तीजः देशभर महादेवको पूजा आराधना गरी मनाइँदै

आज हरितालिका तीजः देशभर महादेवको पूजा आराधना गरी मनाइँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख,...