नेभिगेशन
राष्ट्रिय

हुम्लामा चौँरी स्रोत केन्द्र स्थापना हुँदै

हुम्ला जिल्लामा चौँरी स्रोत केन्द्र स्थापना शुरु हुन थालेको छ । जिल्लाको सिमकोट गाउँपालिका भित्रका केही वडा र नाम्खा गाउँपालिका भित्रका अधिकांस गाउँहरुमा चौरी पालन स्रोत केन्द्र बन्न थालेको छ । चौँरी पालनका लागि जिल्लामा एक वटा स्रोत केन्द्र र ५ वटा संरचना केन्द्र सञ्चालन हुने भएका छन् ।


आर्थिक वर्ष २०७७÷७८ मा हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नम्वर ३ को बरगाउँ, दोजाम र लिमाटाङ, नाम्खा गाउँपालिका वडा नम्वर १ को हेप्का, ताङगीन र धिंगा, सोही गाउँपालिका वडा नम्वर ४ को चाला र वडा नम्वर ६ को लिमिमा पनि संरचना केन्द्र स्थापन गरिने भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढथापाले बताए ।


विशेष गरेर नाम्खा गाउँपालिकालाई एक मात्रै स्रोत केन्द्रको रुपमा स्थापना गरिने भएको छ । हिमाली जिल्ला हुम्लाका विभिन्न स्थानमा चौँरी स्रोत केन्द्रका लागि उन्नत जातका घरपालुवा पशुपंक्षिहरु जिल्ला बहिरबाट ल्याएर उनिहरुलाई पाँचवटा संरचना केन्द्रमा राखेर संरक्षण गर्ने भएको प्रमुख थापाको भनाई छ ।


त्यस्तै सिमकोट गाउँपालिका वडा नम्वर ३ का तीनवटा टोल गरेर ८७, नाम्खा गाउँपालिका वडा नम्वर १ का तीन वटै टोल गरेर १ सय ९२, सोही गाउँपालिकाको वडा नम्वर ४ को चालामा ४ सय ५० र वडा नम्वर ६ को लिमामा १ सय १५ वटा चौँरी गरेर जम्मा ८ सय ४४ वटा चौँरीहरुको संरक्षणका लागि विभिन्न संरचना केन्द्रहरु स्थापना गर्न सुरुवाती गरिएको छ ।


जिल्लामा एक मात्र स्रोत केन्द्र र पाँच वटा संरक्षण केन्द्र स्थापनका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालयले ९५ लाख बजेट विनियोजित गरेको छ । तर उक्त कार्यक्रम सञ्चालनका लागि हाल सो वजेट संसोधन गर्नु पर्ने भएपछि अर्थ मन्त्रालयमा गएर रोकिएको समेत प्रमुख थापाले जानकारी दिए । उक्त कार्यक्रम संसोधन हुदा वित्तिकै स्रोत केन्द्र र संरचना केन्द्रको कार्य भने शुरुवाती हुने प्रमुख थापाको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।