नेभिगेशन
राष्ट्रिय

सुत्केरी व्यथा लागेको चौध घण्टापछि हेलिकप्टरबाट उद्धार

हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको चौध घण्टापछि हिजो (आइतवार) साँझ उद्धार गरिएको हो ।


आठ महिनाको गर्भ भएकै बेला व्यथा लागेर थला परेपछि सर्केगार्ड गाउँपालिका–४ दूल्ली गाउँकी २१ वर्षीया विन्दु थापाको हेलिकपटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।


जिल्ला अस्तपालका सिनियर अनमी सरिता बोहराका अनुसार व्यथा लागेपछि सर्केगार्ड स्वास्थ्यचौकीमा लिइए पनि स्वास्थ्यकर्मीले जिल्ला अस्पताल बाहिर पठाउँदा बाटामा ल्याउँदै गर्दा झन् व्यथाले च्यापेपछि उनलाई हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथा लागेर बाटोमा ल्याइँदै गरेकी महिलालाई घरबाट ल्याइएको लामो समयपछि खार्पुनाथ गाउँपालिकाबाट उद्दार गरिएको प्रकाश बुढाले बताए ।


स्टे«चरमा जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटामा पेट पनि दुख्न थालेपछि जिल्लामा खबर गरेर हेलिकप्टरको व्यवस्था भएको उनले बताए । खार्पुनाथ – १ देउखुरी हेलिप्याडबाट सुर्खेतमा उद्धार गरिएको अनमी बोहराले बताइन् ।


आइतवार व्यथाले थलिएकी थापालाई अस्पताल भर्ना गरेर उपचार शुरु भएको छ । थापाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको र त्यसको खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट व्यहोरिने प्रजिअ गिरीले बताए । सुत्केरी व्यथा लागेर थला परेका गर्भवतीको उद्धारका लागि हवाई उद्धार प्रभावकारी बन्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।