नेभिगेशन
राष्ट्रिय

ओखरेन सामुदायिक वनमा लागेको आगो तीन दिनपछि नियन्त्रण

अज्ञात समूहद्धारा लगाएको आगो तीन दिनपछि नियन्त्रणमा आएको छ । सिमकोट गाउँपालिका अन्र्तगत वार्ड नम्वर ७ डाँडाफयामा रहेको ओखरेन सामुदायिक वनमा लागेको आगो तीन दिनको नियमित प्रयास पछि सोमवार विहान नियन्त्रणमा आएको छ ।


आगो नियन्त्रण ओखरेन सामुदायिक वन उपभोक्ता समितिको पहलमा गाउँका युवाहरुले नियन्त्रणमा लिन सफल भएको ओखरेन सामुदायिक वन उपभोक्त समितका सचिव हरि बहादुर शाहीले बताए ।

फागुन ८ गते दिउसो १२ वजेदेखि सो वनमा आगो लागेको भन्ने जानकारी आएपछि सोही सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मन्दिर सिंहको अध्यक्षतामा बसेको आपतकालीन बैठकले उक्त आगो नियन्त्रणमा लिने निर्णय गरेको थियो । सचिव शाहीका अनुसार वनमा आगो लागेपछि सोही ठाउँका ६० जना युवा समूहले आगो नियन्त्रणमा लिएको हो ।


तीन दिनको नियमित प्रयासले गर्दा अन्य पशुवस्तु र मानविय क्षती भने भएन् । उक्त वनमा आगो लगाउने व्यक्तिको खोजि कार्य भैरहेको र सो व्यक्ति भेटाएमा वन ऐन नियम अनुसार कार्वाहीको प्रकृया बढाउने वन उपभोक्त समितिका अध्यक्ष मन्दिर सिंहको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।