नेभिगेशन
राष्ट्रिय

हुम्लाका कृषकहरुको मुख्य आम्दानीको स्रोत तरकारी

हिमाली जिल्ला हुम्लाका अधिकांस कृषकहरुको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा वेमौसमि तरकारी उत्पानका लागि अधिकांस कृषकहरु तरकारी उत्पान गर्न तर्फ आक्रसित भएका छन् । हिउँदको समयमा वेमौसमि खेती गरेर तरकारी उत्पादन गरि विक्रि गर्दै आम्दानीको मुख्ये स्रोत भनेको तरकारी बनेको छ ।


तरकारी उत्पादन गर्दा धेरै परिश्रम पनि गर्नु नपर्ने र विक्रि पनि नियमित हुने भएपछि जिल्लाका अधिकांस कृषकहरु त्यस तर्फ जुटेका छन् । यहाँका सिमकोट, खार्पुनाथ, सर्केगाड, नाम्खा, चंखेलि, अदानचुली र ताँजाकोट गाउँपालिकाका कृषकहरु वेमौसमि तरकारीबाट घर खर्च गर्न समेत सहज भएको बताउने गरेका छन् ।


यो समयमा सिमकोट गाउँपालिका वार्ड नम्वर ४ हेल्दुङ गाउँका ३० घरदुरी वेमौसमि तरकारीबाट मनग्य आम्दानी गर्न सफल भएको स्थानीय कृषक गगन शाहीले बताए । उनले भने हिउँदको समयमा घरमा त्यतीकै बस्नु भन्दा समयको सदुपयोग पनि हुने र बालबालिकाको कापि कलम घर परिवारलाई खाद्यान्नको पनि जुगाड गर्न सजिलो हनका लागि यो पेशालाई सौभाग्यको रुपमा लिने गरेको छ ।


हिउँदको समयमा वेमौसमि तरकारी बोकेर सदरमुकाम सिमकोट पुराउँदा एक मुठा सागको ३० रुपैयाँ र धनियाँको २० रुपैयाँमा विक्रि गर्ने गरेको स्थानीय कृषक शाहीले बताए । उनका अनुसार आफुले आफ्नो घरमा वेमौसमि तरकारीका लागि ग्रिनहाउस हालेर बाक्लो तरकारी फलाउने गरेको छु । यसबाट महिनाको करीव ७ हजार सम्म भेटाउने गर्दछ । जस्मा घरका परिवारलाई आम्दानीको राम्रो स्रोत बनेको छ ।


हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आसपासका गाउँहरुमा मौसमि तथा वेमौसमि तरकारी खेती गर्दा आम्दानीको राम्रो स्रोत बने पनि सदरमुकाम बाहिरका अधिकांस गाउँपालिकाहरुका स्थानीय कृषकहरुलाई भने उत्पान गरेको तरकारी विक्रिका लागि बजार नपाउँदा समस्या भउको स्थानीयले बताएका छन् ।


हालसम्म हुम्ला जिल्ला सडक सञ्जालले नछोएको हुँदा बजार नजिकका स्थानीय कृषकहरु डोकामा साग बोकेर सदरमुकाम सिमकोट पग्ने गरेका छन भने अन्य गाउँपालिकाका स्थानीयले उत्पादन गरेको साग आफैले उपभोग गर्दै आएको स्थानीय कृषकहरुको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।