नेभिगेशन
राष्ट्रिय

बर्डफुलु रोग फैलन सक्ने भन्दै मासु जन्य पदार्थ ओसार पसारमा प्रतिवन्ध

हुम्ला जिल्लामा पनि बर्डफुलु रोग फलन सक्ने भएको भन्दै पशुपंक्षि जन्य पदार्थहरु ओसार पसारमा प्रतिवन्ध लगाएको छ । देशका केही जिल्लाहरुमा कुखुराको माहामारी भनेर चिनिने बर्डफुलु देखा परेपछि हुम्लामा फैलने त्रासले पशु पंक्षिको मासुमा प्रतिवन्ध लगाएको हो ।


पशुपंक्षि जन्य पदार्थबाट सो रोग फैलने भएकाले हुम्ला जिल्लामा केही दिनका लागि कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्वर ५ नेपालगञ्जको बाँकेबाट उक्त मासु जन्य पदार्थ ओसार पसार गर्न नमिल्ने सिमकोट गाउँपालिका स्रोतले जनाएको छ ।


कर्णाली प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको फागुन ९ गतेको चलानी नम्वर ३ सय १ को प्राप्त पत्रअनुसार विरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ मा कुखुरामा उक्त बर्डफुलु रोग देखा परेपछि सो रोग हुम्लामा पनि फैलन सक्ने भन्दै सिमकोट गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बसेको छ ।


बैठकले फागुन २० गतेसम्मका लागि हवाई मार्गको हकमा सुर्खेत तथ नेपालगञ्ज र सडक मार्गको हकमा कवाडी तथा चंखेली नाकाबाट भित्रिने सम्पुर्ण जिउँदा पशुपंक्षि, मासु, अण्डा, कुखुरा बोक्ने खोर दाना लगायतका मासु जन्य पदार्थहरु भित्राउन नमिल्ने निर्णय गरेको सिमकोट गाउँपालिका निमित्त पमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताए ।


त्यसै गरि उक्त निर्णाय भए लगतै हुम्लाको सदरमुकाम सिमकोटमा शुक्रबारदेखि प्रहरी प्रशासनले बजारमा सञ्चालित मासु पसलेहरुलाई केही दिनका लागि मासु विक्रि वितरण गर्न नहुने र सेवाग्रोहीलाई किनेर खान नहुने सचेतना गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।