नेभिगेशन
राष्ट्रिय

फागुन १४ गतेको निर्णय उलंघन गरेका व्यवसायीलाई जरिवाना

फागुन १४ गतेको निर्णयको उलंघन गरेको भन्दै एक जना व्यवसायी र रानीवन व्यारेकलाई आज जरिवाना तोकिएको छ । सुर्खेत तथा नेपालगञ्जबाट कुनै पनि मासु जन्य पदर्था ल्याउन नदिने भनेर निर्णय गरेको भए पनि फागुन १८ गते विहान हुम्ला जिल्लाको विमान स्थलमा एक जना व्यवसायी र रानीवन व्यारेकको कुखुराको अण्डा आएपछि सिमकोट गाउँपालिका लगायत सरोकारवाला निकायको रोहवरमा उनिहरुलाई जरिवाना तोकिएको सिमकोट गाउँपालिका स्रोतले जनाएको छ ।


पशुपंक्षि जन्य पदार्थबाट सो रोग फैलने भएकाले हुम्ला जिल्लामा फागुन २० गते सम्मका लागि कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्वर ५ नेपालगञ्जको बाँकेबाट उक्त मासु जन्य पदार्थ ओसारपसार गर्न नमिल्ने भन्दै निर्णय गरे पनि त्यसको ठीक उल्टो कार्य भएको सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताए ।


कर्णाली प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको फागुन ९ गतेको चलानी नम्वर ३ सय १ को प्राप्त पत्रअनुसार विरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ मा कुखुरामा उक्त बर्डफुलु रोग देखा परेपछि सो रोग हुम्लामा पनि फैलन सक्ने भन्दै फागुन १४ गते सिमकोट गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले सो निर्णय गरेको थियो ।


सो निर्णयको ठाडै उलंघन गर्दै आज विहान सुर्खेतबाट हवाई जहाज मार्फत सदरमुकाम सिमकोटका मालिका माहादेव सप्लायर्सको ३० कार्टुन र रानीवन व्यारेकको १० कार्टुन अण्डा भित्राएपछि पुनः सिमकोट गाउँपालिका र सरोकारवाला निकायविच बैठक बसेको अध्यक्ष लामाले बताए ।
उक्त बैठकले मालिका माहादेव सप्लायर्सका प्रोप्राइटर खुम बहादुर रावत र रानीवन व्यारेकलाई प्रति क्यारेड अण्डाको ३० रुपियाँका दरले जरीवाना तोकेको सिमकोट गाउँपालिका पशु शाखाका कर्मचारी विष्णु बुमिले बताए ।


निर्णय विपरित हुम्ला पुगेको ४० कार्टुनको जम्मा ८ हजार ४ सय उठेको रकम राजस्वमा जम्मा हुने भएको छ । फागुन १८ गते बसेको बैठकले अण्डा भित्राउनेलाई जरीवाना तोके पनि उनिहरुको समान भने सम्वन्धित साहुधनिहरुलाई नै बुझाएको बुमिले बताए । सुर्खेतबाट आएको ३० कार्टुन अण्डा विमान स्थलको डिउटीमा रहेको प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।