नेभिगेशन
राष्ट्रिय

नेपाल सरकार भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन

नेपाल सरकार भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन गरिएको छ । हुम्लामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय आजबाट स्थापना भएको हो । आज एक कार्यक्रमका विच सो कार्यालयको उद्घाटन भएको भूमि सम्बन्धी समस्या समाधान आयोगका विज्ञ सदस्य बुध भण्डारीले बताए ।


हुम्ला जिल्लामा पहिलो पटक भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना हुनु नागरिकका लागि सौभाग्य हो सदस्य भण्डारीले भने ।
भूमि सम्वन्धि जुन आयोगका सदस्यहरुले जिल्लामा रहेका निमुखा, गरिव जसलाई गास छैन, जस्को वास छैन, त्यस्ता व्यक्तिहरुलाई नियम कानूनका आधारमा भूमि व्यवस्था गराउनु पर्ने सुझाव जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतले बताए ।


हुम्लामा स्थापना भएको आयोग कमिटिले राजनितिक आस्था विचारका आधारमा, चिनजानका आधारमा, नजिक टाढाका आधारमा कुनै किसिमको भेदभाव नराखि आफ्नो टिमले सम्मान व्यवहारले काम गर्ने नेपाल सरकार भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष प्रकास सुनारले प्रतिवद्धता जनाए । उनले भने सरकारको निति नियम र कानुनको आधारमा रही हुम्लाका भूमिहिन सुकुम्बासीको व्यवस्थापनका लागि यक्यवद्धता भएर लागि पर्ने छौँ ।


उक्त भूमि सम्बन्धी समस्या समाधान आयोगले जिल्लाका दलित भूमिहिन सुकुम्बासी, भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबास गर्दै आएका नागरिकहरुको वकालत गर्ने भएको छ ।
त्यस्तै भूमिहिन सुकुम्बासीहरुको आवश्यक्ता अनुसार बास र उपभोग जमिनको व्यवस्थापन गर्ने सो आयोगको मुख्य उदेश्य रहेको अध्यक्ष सुनारको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।