नेभिगेशन
राष्ट्रिय

हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि सोमबार विहानबाट निरन्तर हिमपातभएको छ । विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ ।

आइतबार विहानबाट जिल्लामा बाक्लो बादल लागेसँगै आज विहान सातबजे देखि निरन्तर हिमपात भएपनि हिउँ जम्न नपाउँदै पग्लदै गएको छ । उत्तरी नाम्खा गाउँपालिका सहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा विहानै देखिको हिमपातले हिमाल सेताम्ये देखिएका छन् भने जिल्लाको तल्लो होचो क्षेत्रमा पानी परिरहेको यहाँका स्थानीयले बताउने गरेका छन् ।

जिल्लाको माथिल्लो भेगमा हिमपातभएपनि तल्लो भेगमा पानी परिहेको स्थानीय शंकर रावलले जानकारी दिनुभयो । पुस,माघमा सोचे जस्तो हिमपात नभएपनि फागुनको अन्तिम समयमा आएर हिमपात हुँदा चिसो निकै बढेको रावलले बताउनुभयो । विहानै देखि हिमपात हुँदा जिलला सदरमुकाम सिमकोटको जनजिवन चिसोले कष्टकर बनेको छ । फागुनमा हिमपात हुँदा चापक्रम माइनसमा झरेर चिसो अत्याधिक बढेर यहाँका स्थानीयले बाक्लो कपडा लगाउनुका साथै न्यानो भएर बसेका छन् ।

अग्लो स्थानमा हिमपात धेरै भएको छ । बिहानै देखि जिल्लाको तापक्रम माइनसमा झरेको छ । मानिसहरु हिउँमा खेल्नका लागि घर बाहिर निस्कन थालेका छन् । यो वर्ष गतिलोसँग हिमपात नभएपछि चिन्तामा रहेका किसानहरु भने खुसी देखिएका छन् । खडेरी परेका बेला हिमपात भएको हो । विहानै देखि परेको हिमपातले कात्र्तिके बालिनालीका लागी राम्रो हुनेर्भको छ । यो पटक परेको हिमपातले खनजोत गर्न किसानलाई सजिलो हुनेभएएको छ ।

हिमपात रोकिए लगत्तै यहाँका किसानले अब खेतबारीमा कात्र्तिकमा उब्जनी हुने बाली कोदो, फापर, सिमी लगायतको बाली लगाउने भएका छन् । यो हिमपात यो वर्षको चौथो हिमपात भए पनि भारी हिमपात हुन सकेको थिएन ।

हवाइ उडान अवरुद्ध

आज विहानै देखि निरन्तर हिमपात हुँदा अन्तर जिल्ला जोड्ने एकमात्रै साधन हवाई यातायात अवरुद्ध भएको छ । हवाई उडान अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान सञ्चालन हुन नसकेको हो । उडान अवरुद्ध हुँदा सिमकोटमा व्यवसायि गर्ने पसलेका सामान, निर्माण व्यवसायिका सामाग्रि ढुवानी ढप्प रहेको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ । जिल्ला बाहिर जाने र जिल्ला भित्रने यात्रु हिमपातका कारण यतै रोकिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।