नेभिगेशन
राष्ट्रिय

हिउँमा एक सय ११ औं अन्तराष्ट्रिय महिला दिवस

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका सहित जिल्लाका अधिकांस गाउँपालिकाले आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाएका छन् । आज विहानै देखि परेको निरन्तर हिमपातमा यहाँका महिलाले बजार परिक्रमा गरेर एक सय ११ औं अन्तरािष्ट्रय महिला दिवस मनाएका छन् । सिमकोट गाउँपालिका वडा एक देखि आठ सम्मका महिला सहित नेपाल प्रहरीमा कार्यत्ररत महिला सुरक्षाकर्मीको समेत सहभागीता रहेको थियो ।

‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । आज महिला दिवसको अवसरमा सिमकोट गाउँपालिकाले जिल्ला समन्वय समितीको सभाहलमा देउडा प्रतियोगिता कार्यक्रम गरेर नमाएको छ । वडा एक देखि आठ वटा वडाका महिलाहरुको सहभागितामा यो दिवस मनाएको सिमकोट गाउँपालिकाले जानकारी दिएको छ । विहान देखिको निरन्तर हिमपातमा गाउँबाट महिलाहरु सिमकोट पुगेर आफ्नो महिला दिवसमा सहभागिता जनाएका छन् ।

हिमपात सँगैको चिसोमा यहाका महिलाले गाउँपालिकाले आयोजना गरेको देउडा प्रतियोगितामा महिला हिंसा, छुवाछुत, जातिय भेदभाव, बालविवाह न्युनिकरण गर्ने समम्बन्धि जनचेतना मुलक गित मार्फत आफ्नो प्रस्तुति देखाएका छन् । अन्तराष्ट्रिय महिला दिवस कार्यक्रममा नेपाल प्रहरीका महिला प्रहरीको समेत सहभागीता रहेको थियो ।

आजै भएको देउडा प्रतियोगितामा प्रथम वडा एक ठेहे, दोस्रो वडा पाँच, तेस्रो वडा ६ र शान्तनामा वडा दुई ठेहे रहेको जानकारी प्राप्तभएको छ । यो दिवसको अवसरमा क्रमश प्रथम,दोस्रो,तेस्रो र सान्तना हुनेलाई रु पाँच हजार,चार हजार, तीन हजार र दुई हजार पुरस्कार समेत प्रदान गरीएको छ । यस्तै अन्य सहभागी महिला टिमलाई दुई दुई हजारका दरले प्रदान गरीएको सिमकोट गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिका अधयक्ष्र लामाको अध्यक्षतामा र जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावतको प्रमुख आथित्यमा र गाउँपालिका उपाध्यक्ष बली रावतको विषेश आथित्यामा कार्यक्रम सम्पन्न भएको छ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गरेको थियो । जसअनुसार सन् १९११ देखि महिला दिवस मनाउन थालिएको हो ।

नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानको व्यवस्था गरेको छ । यसबाट महिलाप्रति हुने हिंसा र विभेद हटाउन ठूलो मद्दत पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।