नेभिगेशन
राष्ट्रिय

मानसरोवर दर्शनका लागि हुम्लाको लिमी लाप्चा उपयुक्त

जिल्ला बाहिरबाट आवागमन हुने पर्यटकका लागि हुम्लाको नाम्खा गाउँपालिका वार्ड नम्वर ६ को लिमी लाप्चा उपयुक्त रहेको पाइएको छ । विभिन्न देश विदेशबाट पर्यटकीय स्थलको रुपमा हुम्ला हुँदै मानसरोवर कविलास दर्शन गर्न आउने गरेका पर्यटकहरुलाई हुम्लाको लिमी लाप्चाबाट अति उपयुक्त हुने देखिएको छ ।

लामो समयदेखि कोभिड–१९ का कारण आ–आफ्नै देशमा थन्कीएका पर्यटकहरु फागुन २६ गतेबाट हुम्ला भित्रिएका छन् । नाम्खा गाउँपालिका वार्ड नम्वर ६ को लिमी लाप्चाबाटै पर्यटकीय टोलिद्धारा फाुगन २७ गतेका दिन मानसरोवर कविलासको दर्शन गरेको छ । सो टोलिमा सात जना इन्डियन र सिता एयरका चियर म्यान लगायत एमडी समेत रहेका थिए ।


माउण्टेन हेलिकप्टर र सिता एयरको समन्वय तथा साझेदारीमा हुम्लाको पर्यटकीय क्षेत्रको विश्लेषण गरिएकाे सिता एयर प्रालिका सिमकोट स्टेसनका सहायक मेनेजर सुर्य लामाले बताए । टोलि काठमाण्डौँ हुँदै हुम्ला आई पुगेको थियो । हुम्लाको लिमी लाप्चा पर्यटकीय स्थलको उद्गमशिल क्षेत्र रहेकोले मनसरोवर कविलाशको दर्शन गर्ने र विगत डेड वर्षदेखि हुम्लामा पर्यटकहरुको आवागमन नभएपछि त्यसको प्रमिसन यात्राको सम्भावना कत्तिको छ भन्ने उदेश्यकासाथ सो टोलि हुम्ला पुगेको हो ।


गत डेड वर्षदेखि हुम्ला हुँदै मानसरोवर कविलाश जाने गरेका पर्यटकहरु कोभिड–१९ का कारण रोकिए पनि पुनः नियमित हुन सक्ने भएको छ ।
पर्यटकहरु लिमि लाप्चासम्म पुगेर पर्यटकीय क्षेत्रको अनुगमन गरि फिर्ता भएको विमान स्थलका प्रमुख मोहन गिरीले बताए । हुम्ला पुगेको टोलिले सुरक्षा निकायको अनुमति पत्र समेत लिएको थियो ।

देश भरि नै मनाउँदै आएको पर्वका रुपमा रहेको शिवरात्रीको अवसर पार्दै प्रमिसन यात्राका लागि सो टोलिद्धारा मानसरोवर कविलाश दर्शन गरेको हो । दर्शनको यात्रा भने सुखमय भएको सो टोलिले बता । दर्शनका लागि हुम्ला पुगेको टोलिले टुरीजम तथा दर्शनका लागि फलदायीक र उत्तम रहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।