नेभिगेशन
राष्ट्रिय

दलित छात्रवृतिका लागी पर्याप्त निवेदन पेश भएन्

कर्णाली प्रदेश अन्तरगत रहेको सामाजिक विकास कार्यालय सिमकोटले प्रकासन गरेको दलित छात्रवृतिमा पर्याप्त निवेदन पेश नभएको पाइएको छ । सामाजिक विकास कार्यालयले मिती २०७७ साल ११÷२९ गते प्रशकासन गरेको दलित छात्रवृति र उच्च शिक्षा तथा अपाङ छात्रवृतिमा कसैले पनि आवेदन पेश नगरेको निमित्त सामाजिक विकास अधिकृत रेशम बहादुर खत्रीले जानकारी दिए ।

दलित समुदायको मानव अधिकारको सम्मान तथा हक, हितको संरक्षण र सम्वद्र्धन तथा सो समुदायको सशक्तीकरण गर्नका लागी सरकारले दलित समुदायका बालबालिकाका लागी छात्रवृति दिने कार्यक्रम ल्याएपनि कोही कसैको निवेदन पेश नभएका कारण पुन १५ दिनका लागी आवेदन शेप गर्ने सम्बन्धि सूचना प्रकासन गरीएको अधिकृत खत्रीले बताए ।

सामाजिक विकास कार्यालयले हरेक क्षेत्रमा पछाडि रहेको दलित समुदायलाई मूल प्रवाहमा प्रभावकारी रूपमा अगाडी बढाउन कार्यक्रम ल्याइएको भएपनि कोही कसैले निवेदन पेश नगरेको उनको भनाई छ ।

यसले गर्दा दुर्गम जिल्ला हुम्लामा बसोबास गर्ने दलित समुदायका नागरीकमा अझै बालबालिकालाई पठनपाठन गराउनुपर्छ भन्ने मानसिकता नभएको पाइन्छ । आफ्नो लागी आएको सेवा समेत लिन जिल्लाका दलितहरुले अश्विकार जस्तै गरेका छन् । जिल्लामा कमै मात्र दलितका बालबालिका पठनपाठन गर्ने गरेको पाइन्छ ।

घरको आर्थिक अवस्था कम्जोर भएका कारण समेत उनिहरुले पाँच देखि आठ कक्षा त कोहीले एसइई दिएर पढाई छोड्ने गरेको पाइन्छ । निजी विद्यालय त परै जावस सरकारी स्वामित्वमा रहेका सामुदायिक विद्यालयमा समेत पठनपाठन गर्न आउने दलित बालबालिकाको संखया कमै रहेको रलिङ्ग माध्यामिक विद्यालयका शिक्षक सूर्यमणि बोहराले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।