नेभिगेशन
राष्ट्रिय

१५ घण्टापछि विद्युत पुन: चालु

सिमकोट गाउँपालिका–४ को हिल्दुम खोलामा रहेको हेल्दुङ वितरण केन्द्रको पावरहाउसमा विद्युत् प्रवाह अवरुद्ध हुँदा सिमकोटमा १५ घण्टा विद्युत् भार कटौती भएको छ ।

पावर हाउसको मेसिनमा रहेको तेलमा पानी मिसिएर अवरुद्ध हुँदा बिहानैदेखि प्राविधिकले मर्मत गरेपश्चात् आज अपराह्न ३ः३० बजेदेखि विद्युत् सेवा उपलब्ध भएको छ ।

मङ्लबार राति १ः०० बजेदेखि अवरुद्ध भएको विद्युत् सेवा केहीबेर पहिला सञ्चालनमा आएको छ ।

बिहानदेखि तेलमा मिसिएको पानी र तेल सबै फालेर मेशिनमा नयाँ तेल राखेपछि मात्रै विद्युत् सेवा सञ्चालन भएको नेपाल विद्युत् प्राधिकरण कार्यालयका कर्मचारी मिन शाहीले जानकारी दिए 

बुधबार दिनभर विद्युत सेवा अवरुद्ध हुँदा सिमकोटमा सञ्चालीत व्यवसायि बन्द रहेका थिए । भने सिमकोटमा सञ्चालीत सरकारी तथा गैरसरकारी कार्यालयको कामकाजमा समेत अवरुद्ध पुगेको छ ।

वितरण केन्द्रको पावरहाउसमा रहेको नोरजलको वासरबाट पानी निस्कीएर मेसिनमा रहेको तेलमा मिसिएर विद्युत प्रवाह अवरुद्ध हुँदा सदरमुकाम सिमकोटमा १५ घण्टा लोडसेडिङ भएको थियो ।

५०० सय किलोवाट क्षमता भएको हेल्दुङ साना जलविद्युत आयोजनाले पानीको अभावका कारण अहिले जम्मा ८० किलोवाट विद्युत उत्पादन गरीरहेको प्राविधिक शाहीले बताए ।

विद्युत उपभोग गर्ने ग्राहकको संख्या बढ्दै जाँदा विद्युत उत्पादनको क्षमता घट्दै गएको अर्का कर्मचारी सुरेश लामाले जानकारी दिए । सदरमुकाम सिमकोटवासिलाई मात्र विद्युत प्रवाह गर्ने हो भने २४ सै घण्टा धान्न सक्ने तर सिमकोट र खार्पुनाथ दुई गाउँपालिकाका करिब दुई हजार बढी ग्राहकलाई विद्युतलाईन वितरण गरीएकाले लोडसेडिङ बढेको लामाले बताए । बजारमा बसोबास गर्ने अधिकांसले विद्युत पावर बढी तान्ने सामाग्री प्रयोग गरेका कारण समेत सिमकोटमा दैनिक २० घण्टा बढी लोडसेडिङ हुन पुगेको छ ।

सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुँदा जिल्ला प्रशासन सहित सेवाग्राहीको बढी भिडभाड हुने कार्यालयमा समस्या हुने गरेको छ । दैनिक २० घण्टा बढी लोडसेडिङ हुदा जिल्ला प्रशासनमा नागरीकता बनाउने काम समेत प्रभावित भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले गुनासो गरे । जिल्ला प्रशासन सहित नागरीकलाई बढी सेवा प्रवाह गर्ने जिल्ला अस्पताल,बैंक लगायतका कार्यालयमा थप समस्या निम्तीने गरेको उनको भनाई छ । दैनिक बढ्दै गएको लोडसेडिङका विषयमा सम्बन्धित कार्यालय प्रमुखलाई बुझ्न खोज्दा यसैको शिलशिलामा जिल्ला बाहिर रहेको जानकारी दिएको आचार्यले बताए ।

आफु सरुवा भएर हुम्ला पुगेको दिनमै लोडसेडिङको मार खेप्नुपरे र नागीकता बनाउने काम नै प्रभावित भएको छ । यसको समाधानका लागी आफु लागी पर्ने प्रजिअ आचार्यले बताए । विद्युत्गृहमा पानीको स्रोत कम हुँदा विद्युत् उत्पादन क्षमतामा पनि ह्रास आएको र लोडसेडिङ दैनिकरूपमा बढ्दै गएको विद्युत् प्राधिकरण कार्यालय सिमकोटले जानकारी दिएको छ ।

विद्युत सेवा अवरुद्ध हुनुका साथै लोडसेडिङको समय बढ्दै जाँजा विद्यार्थीलाई समेत समस्या बनाएको छ । नेपाल विद्युत प्राधिकरण कार्यालय सिमकोटले लोडसेडिङ गर्ने समयतालिका नै प्रकाशन गरेको छैन्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।