नेभिगेशन
राष्ट्रिय

डेढ वर्ष लगाएर सलीसल्लाको चट्टान छिचोलियो

हुम्लाको सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिका विचमा रहेको कर्णाली करिडोर अन्र्तगत खण्डको असजिलो क्षेत्रमा रहेको सलीसल्ला भीर छिचोलिएको छ । विगत लामो समयदेखि हुम्ला खण्डको चट्टान नेपाली सेनाले छिचोल्ने कार्य गरेपछि मात्रै हाल सफल भएको छ । अति अप्ठ्यारो र चट्टानै चट्टान भएको उक्त क्षेत्रमा रहेको भीर नेपाली सेनाले डेढ वर्षको अवधिमा छिचोल्न सफल भएको हो ।

निक्कै चट्टानै चट्टान भएको क्षेत्र सलीसल्लाको भीर फुटाएर सडक निर्माण गर्न नेपाली सेना सफल भएको सर्केगार्ड गाउँपालिका वार्ड नम्बर ५ का अध्यक्ष कर्णजंग शाहीले बताए । उक्त भीर छिचोलिएसंगै अब सर्केगाड गाउँपालिका पनि राष्ट्रिय सडक सञ्जालसंग जोडिने क्रममा रहेको अध्यक्ष शाहीले बताए ।

नेपाली सेनाले कालिकोटको खुलालुदेखि लैफु कवाडी हुँदै सलीसल्ला खण्डको १ सय २३ किलो मिटर क्षेत्र मध्य सबै भन्दा असजिलो र चट्टानी भागलाई नेपाली सेनाको बिकास निर्माण दलले छिचोल्न सफल भएको सो खण्डका योजना प्रमुख सेनानी मिलन कार्कीले बताए । उनका अनुसार चट्टानको लेवल मिलाउने, गाह्रो लगाउने, ग्याबिन भर्ने काम समेत सुरु भएको छ ।

जुन क्षेत्रमा सेनाले मापदण्ड पुरा गर्ने कार्य हाल गरि रहेको छ । सेनाले निक्कै कष्ट र मिहेनेतका साथ रात दिन नभनी जनशक्ति, मेशिन र बिष्फोट गर्ने कार्य लगातार गरेर भीर छिचोल्न सफल भएको हो । भीर छिचोलिएपछि सेनाले मेशिन पनि भीर पार गरेर सलीसल्लामा काम गर्ने क्षेत्रमा ल्याएको छ । त्यस्तै छ सय मिटर लम्वाई भएको उक्त भीरमा बिष्फोटका लागि कामदारले शरिरमा डोरी बाँधेर भीरमा काम छन् ।

बीस मिटर अग्लोबाट चट्टानलाई बिष्फोट गरेर सडक निर्माण गरिएको छ । अब असजिलो भीरमा ट्रयाक खोल्ने कार्य पुरा भएकोले सेना आफ्नो जिम्माको काम सम्पन्न गर्ने कार्यको नजिक पगेको छ । सेनाले सलीसल्ला भीरमा काम गर्न निक्कै कठिन रहेको बताउदै आएको थियो । माथि भीर र तल कर्णाली नदीमा काम गर्ने जोखिम कामदारलाई थियो ।

तर सहजै रुपमा काम सम्पन्न गर्न सेना सफल भएको उनको भनाई छ । अबको केही समयपछि सेनाले गाडी गुडाउने समेत जनाएको छ । कर्णाली करिडोर अन्र्तगत कालिकोटको खुलालु देखि हुम्लामा सलीसल्ला क्षेत्रसम्मको कुन सडक मध्य कालिकोटमा ४०, बाजुरामा ४४ र हुम्ला जिल्लाको २७ किलो मिटरमा सडक निर्माण कार्य पुरा भएर यातायात सञ्चालन हुँदै आएका छन् ।


हुम्ला खण्डको बालुकुनाबोट सलीसल्लासम्मको १२ किलो मिटरमा सेनाले अन्तिम चरणको निर्माण कार्य गरि रहेको छ । सो क्षेत्रमा चैत्र महिना भित्र ट्रयाक खोल्ने कार्य पुरा गर्ने र असारसम्म गाडी गुडाउन योग्य बनाईने सेनाले जनाएको छ । यसअघि सेना सडक निर्माण कार्य पुरा गरेपछि दक्षिणी हुम्लाका दुई वटा ताँजाकोट र अदानचुली गाउँपालिका राष्ट्रिय सडक सञ्जालसंग जोडिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।