नेभिगेशन
राष्ट्रिय

जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना र डिसिएको सहयोग तथा हुम्ला जिल्ला इन्सेक प्रतिनिधिको समन्वयमा चैत १० गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।


मानव अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरू असुरक्षित भईरहेको परिपेक्षमा अधिकारको क्षेत्रमा वकालत गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कानुनको दायरामा ल्याउन सहयोग पु¥याउने उदेश्यका साथ सञ्जाल गठन गरिएको हो ।


जिल्लामा मानव अधिकार उलंघन तथा ज्यादतिका घटनाकाहरुको समस्या, समधान र सहजि करण लगायत वकालत गर्नका लागि उक्त समिति गठन गरिएको छ । त्यस्तै हुम्लामा खाद्य, शिक्षा र स्वास्थ्य अधिकारका सवलीकरणको उठानका लागि पनि जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिनुको मुख्य उदेश्य रहेको समितिका संयोजक राजन रावतले बताए ।


पछिल्लो समय विभिन्न संघ संस्थाहरुले मानव अधिकार सम्वन्धिका विषय वस्तुलाई उठान गर्नका लागि समिति गठन भएको भए पनि सो समितिहरुले त्यती राम्रो काम नगरेको भन्दै पुनः अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा सो समिति गठन गरिएको हो ।


अधिकारकर्मी राजन रावतको संयोजकत्वमा १३ सदस्यीय समिति गठन भएको छ । सदस्यहरूमा गैसस महासङ्घका कोषाध्यक्ष तिलसरा विक, जिल्ला अपाङ्ग महासंघका सदस्य हरि ऐडी, मानव अधिकार संगठनका सदस्य राजन रावत, जिल्ला बारयसोशियनका सचिव राजन चन्द, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष गंगा बोहरा, पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहरा, किर्डाक नेपाल हुम्लाका लेखा प्रमुख कुलबहादुर लामा, गुडनेवर्स नेपाल हुम्लाका कार्यालय प्रमुख विरेन्द्र चौधरी, महिला कल्याण कार्यालयका लेखापाल टाप्का जिक्मेत लामा, दलित गैसस महासंघका सदस्य मिमसिंह नेपाली, उधोग बाणिज्य संघका उपाध्यक्ष छक्क बहादुर रोकाया, बालक्लवका अध्यक्ष निर्मला हमाल, सीमान्तकृत महिला समूहका छपाल लामा र सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंह रहेका छन् ।


बैठकले मानव अधिकार रक्षकको जिल्ला सञ्जाल गठनमै औचित्य, महत्व र उपलव्धीका बारेमा सहभागिहरु माझ छलफल समेत गपिरएको संयोजक रावतको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।