नेभिगेशन
राजनीति

नेकपा नेतृत्वका लागि हुम्लाबाट रोकाया र जैशी आकांक्षी

भदाै, ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हुम्ला जिल्ला नेतृत्व लिन दुई जना आकांक्षी देखिएका छन् । तत्कालीन  नेकपा माअ‍ोवादी केन्द्रकाे  हुम्लाकाे जिम्मेवारी सम्हालि सकेका  दुई जना नेकपाकाे नेतृत्व लिनका लागि आकांक्षी देखिएका छन् ।

तत्कालीन  नेकपा माअ‍ोवादी केन्द्रलाई जिल्लाको नेतृत्व दिने केन्द्रको निर्णय भएको छ । नेकपाका केन्द्रीय सदस्य बिजय भण्डारीले अब जिल्ला अध्यक्ष को हुने भन्ने सहमति नभएको बताए । त्यसका लागि डाक्टर दिपेन्द्र रोकाया र लालकेश जैशी आकांक्षी रहेको उनले बताए ।

दुवै जनाबीच सहमतिको प्रयास भैरहे पनि कुरा अझै नटुङ्गिएको र यस्तै अवस्था रहे दुवै जनाको नाम केन्द्रीय कार्यदलमा पेश गर्ने र अन्तिम निर्णय केन्द्रले गर्ने उनले बताए ।  त्यसका लागि काठमाडौंमा पहल भैरहेको जानकारी दिएका छन् ।

यता दुबै जना जनयुद्धबाट लडेर आएको भएपनि जैशी भन्दा डाक्टर रोकाया कम विवादित र नेतृत्व सम्हाल्न सक्ने क्षमता भएको हुँदा डाक्टर रोकाया नै जिल्ला अध्यक्ष हुने धेरै संभावना रहेकाे तत्कालीन माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल बुढाले बताए ।

जैशीकाे व्यवहार स्थिर नभएको तत्कालीन  माअ‍ोवादी केन्द्रको आधिकारीक उम्मेरदार पक्षीय नेताहरुले आरोप लगाउँदै आएका छन । यता, गत मंसीरमा सम्पन्न संघीय संसदको निर्बाचनमा अहिलेका अध्यक्षका आकांक्षी दुबै जनाले स्वतन्त्र उम्मेरदार छक्क बहादुर लामालाई सघाएका थिए । यद्यपि,  पूर्व सांसद तथा आधिकारिक उम्मेरदार छिमी दोर्जे लामाको सर्मथन डा. रोकायालाई रहेको बताईन्छ । स्वतन्त्र सांसद र केन्द्रीय सदस्य बिजय भण्डारी बाहिरी रुपमा कसैको पक्षमा नखुलेको पाईएको छ । ठुलो बिबाद नभएकाे र सहमति हुन नसके त्यसको छिनोफानो केन्द्रले गर्ने केन्द्रीय सदस्य भण्डारीले बताए । जिल्लाकाे नेतृत्व हत्याउन केन्द्रीय नेताहरुसँग दुवै जनाले लबिङ्ग गरि रहेका छन् ।

यता, जिल्ला अध्यक्ष तत्कालीन माअाेवादी केन्द्रले पाउने भएपछि सचिव तत्कालीन एमालेले  पाउने भएको छ । सचिव पदका लागि आधा दर्जन भन्दा बढि आकांक्षी रहेको पाईएको छ । मुख्य संभावना तत्कालीन एमालेका पूर्व  सचिव तीर्थराज रोकायाको बढि देखिएको छ । उनले आकांक्षी दाबी गरे पनि  अन्त्यमा पार्टीले जसलार्इ निर्णय गर्छ त्यो अहिल्यै भन्न नसकिने बताए ।

भेग क्षेत्र र रोलक्रम अनुसार पनि आफु उक्त पदका लागि मुख्य दावेदार रहेको उनकाे तर्क छ। त्यस्तै अन्य सचिवका आकांक्षीहरुमा कमल बोहोरा, बिनोद बोहोरा, गोकुल बुढा, तत्कालीन एमाले सहसचिव पुर्ण प्रसाद ढकाल लगाएतका नेताहरु रहेका छन् । १ सय २५ सदस्यीय जिल्ला कमिटीमा यस अघि दुबै पार्टीले समान ६०-६० जनाको नामावली बनाएर कार्यदललाई पठाइ सकेकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेपाल पत्रकार महासंघको नेतृत्वमा पहिलो पटक महिला (सूचीसहित)

नेपाल पत्रकार महासंघको नेतृत्वमा पहिलो पटक महिला (सूचीसहित)

शुक्रबार सम्पन्न निर्वाचतको अन्तिम मतपरिणाम घोषणा भएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएपछि महासंघको नेतृत्वमा महिला निर्वाचित भएकी छन् । 
हुम्लाको सर्केगाडमा मतदान सुरु

हुम्लाको सर्केगाडमा मतदान सुरु

स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु 

स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु 

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन...